ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रदर्शनी बहुउपयोगी हुनेमा विश्वस्त छौं

Feb 8, 2019  
अन्तरवार्ता
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
‘नेपाल बिल्डकन अन्तरराष्ट्रिय प्रदर्शनी २०१९’ को टाइटल स्पोन्सर हो आरती स्ट्रिप्स प्रालि । कम्पनीले यो प्रदर्शनीको मुख्य प्रायोजन गरेको छ । प्रस्तुत छ, संस्थाको काम र प्रदर्शनीका विषयमा आरती स्ट्रिप्स प्रालिका सिनियर व्यवस्थापक ई. प्रज्ञान भट्टराईसँग आर्थिक अभियानले गरेको कुराकानी : आरती स्ट्रिप्स कस्तो प्रकारको कम्पनी हो ? १८ वर्षअघि स्थापना भएको आरती स्ट्रिप्स प्रालि निर्माण क्षेत्रसँग सम्बन्धित कम्पनी हो । हामी सादा तथा रंगीन जस्तापाता उत्पादन गरिरहेका छौं । त्यसपछि एमआईई पाइप हुँदै अहिले नयाँ टीएमटी छड ल्याउँदै छौं । इटालीको बेनाली कम्पनीको नयाँ टीएमटी बार बजारमा ल्याउन लागेका छौं । व्यापार र उत्पादनको आधारमा सादा तथा रंगीन जस्तापातामा हामी एक नम्बरमा छौं । जस्तामा आरती स्पेक्ट्रा र आरती सुरक्षा नामक दुई प्रकारका उत्पादन छन् । आरती एमएस पाइप हाम्रो अर्को उत्पादन हो । एक्स्पोमा तपाईंहरूको सहकार्य किन आवश्यक भयो ? नेपालमा विभिन्न कम्पनीले निर्माण सामग्री उत्पादन गर्दै आएका छन् । यद्यपि कुन गुणस्तरीय, कुन कमसल भन्ने छुट्ट्याउन उपभोक्तालाई कठिनाइ हुने गरेको छ । यो समस्या कारण निर्माण क्षेत्रले गति लिन सकेको छैन । निर्माण क्षेत्रसँग सम्बन्धित विभिन्न सामग्री, यस क्षेत्रमा भित्रिएका प्रविधि प्रदर्शन गर्ने र जानकारी दिने उद्देश्यमा साथ दिन हामी यो एक्स्पोको टाइटल स्पोन्सर बनेका हौं । सबै जनालाई कम्पनीको प्राविधिक तथ्यांक थाहा हुन्न । त्यसैले जस्तापाता, छठ, सिमेन्ट, मेशिन लगायत छनोटका लागि सहयोग पु¥याउने काम पनि हामी गर्नेछौं । एक्स्पोले नेपालको निर्माण क्षेत्रलाई कस्तो उपलब्धि मिल्छ ? समग्रमा अहिले पनि ठूलाठूला आयोजनामा विदेशी रड, सिमेन्ट, मेशिन प्रयोग हुन्छ । यो अवस्थामा नेपालमै उत्पादित सामान प्रयोग होस् भन्ने जोड हाम्रो रहन्छ । स्वदेशी राम्रा उद्योगका उत्पादनको पनि समान प्रयोग होस् भन्ने उद्देश्यलाई केन्द्रमा राखेका छौं । निर्माण क्षेत्रका सबैजसो मेशिनरी उपकरण, सामान विदेशबाट आयात भइरहेका छन्, तिनको उत्पादन स्वदेशमै गर्न सकियो भने हजारौं जनशक्तिलाई रोजगारी दिन सकिन्छ । यो हामी तथ्य उजागर गर्दै छौं । एक्स्पोमा के कस्ता समाग्री र उत्पादन राखिएका छन् ? एक्स्पोमा मुख्यतया सिमेन्ट, स्टिल, छड, सस्तो खाले घरका नमूना (प्रिफ्याब हाउस), यूपीभीसी झ्याल, बाथरूमका सामान र आल्मुनियमका सामान राखिएका छन् । एक्स्पोको लक्षित वर्ग कुन हो ? हाम्रो मुख्य लक्षित वर्ग इन्जिनीयर, आर्किटेक्ट्स, दिगो विकास तथा प्राविधिक विषय पढिरहेका विद्यार्थी, विभिन्न आयोजनामा कार्यरत कर्मचारी र आम नागरिक हुन् । इन्टेरियर डिजाइनर, डिजाइनर र नयाँ घर, अपार्टमेन्ट बनाउन चाहनेहरू पनि यसबाट लाभान्वित हुन सक्नेछन् । सबै निर्माण कम्पनी, डिलर, सबडिलर, विक्रेता, उपभोक्ता र सरकारका सम्बन्धित निकायका लागि समेत प्रदर्शनी बहुउपयोगी हुनेमा हामी विश्वस्त छौं ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)