ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पूँजीबजारलाई आधुनिक प्रविधियुक्त बनाई स्टक डिलरको काम गर्नेछौैं

Mar 18, 2019  
अन्तरवार्ता
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
पूँजी बजारमा स्टक डिलरको रूपमा काम गर्ने योजनामा जुटेको नागरिक लगानी कोषले अनुमति पाउनुअघि नै परीक्षण थालेको छ । कोषले परीक्षण स्वरूप सञ्चालित म्युचुअल फन्डबाट १० करोड पूँजी दोस्रो बजारबाट शेयर खरीदविक्री गरिरहेको छ । यसै सन्दर्भमा कोषको पछिल्लो गतिविधि र सामाजिक सुरक्षा कोष आएपछि पर्ने असरबारे कार्यकारी निर्देशक रमण नेपालसँग आर्थिक अभियानकी ममता थापाले गरेको कुराकानी : सरकारले ल्याएको सामाजिक सुरक्षा कोष योजनाले सबै कर्मचारीलाई समेटेर सुविधा दिने भएको छ । यसले अब नागरिक लगानी कोषलाई प्रभाव पार्ने भयो । यसको व्यवस्थापन कसरी गर्नुहुन्छ ? सामाजिक सुरक्षा कोषले नागरिक लगानी कोषको कार्यक्रमलाई असर गर्छ भन्ने हल्ला मात्र हो । यो विषयमा अनावश्यक हल्ला चलाइएको छ । यसबारे मानिसलाई अवगत नभएर पनि यो अनुमान गरिएको हुनुपर्छ । नागरिक लगानी कोषका कार्यक्रम ११ ओटा छन् । यी कार्यक्रम पनि अलग अलग प्रकृतिका छन् । अहिलेसम्म नागरिक लगानी कोषले समेटेको कार्यक्रम सामाजिक सुरक्षा कोषले समेट्दैन । अहिले नागरिक लगानी कोषले सबै नागरिकलाई समेट्दै गएको छ । सरकारले सामाजिक सुरक्षा कोषमार्फत स्वतन्त्र मजदूर तथा विभिन्न पेशाकर्मीलाई समेटेको छ । तर सबैको धारणा सामाजिक सुरक्षा कोषले सबै कर्मचारीलाई समेटेर सुविधा दिने भन्ने छ नि ? खासगरी मानिसको मानसिकता नै कर्मचारीतिर मात्र केन्द्रित भएर यो समस्या आएको हो । हामीले कर्मचारी मात्र नभई आम जनमानसलाई पनि सकारात्मक दृष्टिले हेर्ने बानीको विकास गर्नुपर्‍यो । सामाजिक सुरक्षा कोषले पेन्सनलाई बढी केन्द्रित गरेको छ । तर हामीले धेरै सुविधा प्रदान गरेका छौं । अहिले आवास कर्जा, सरल कर्जा तथा कर्जाको पनि व्यवस्था छ । केही समयअघि बीमाकोष नै सञ्चालनमा थियो । लगानी कोषलाई नयाँ ऐनले ठूलो दायरा बनाइदिएको छ । क्यापिटल मार्केटको स्टक डिलरको काममा अगाडि बढाउने योजनामा लागिरहेका छौं । हाम्रो काम गर्ने दायरा प्रशस्त छन् । तर अहिलेको भौतिक संरचना र व्यवस्थापन प्रणालीका कारण जति हाम्रो स्कोप छ, सो अनुसार अगाडि बढ्न सकिएको छैन । विगतमा लगानी कोष कार्मचारीमा मात्र सीमित रहँदै आयो । अबको दायरा भने ठूलो बनाउने योजना छ । त्यसो भए लगानी कोषका कार्यक्रम योजनामा मात्र किन सीमित हुन्छन् त ? हाम्रो संस्था दुई–चारजना कर्मचारीबाट २०४७ सालमा स्थापना भयो । स्थापना कालदेखि नै जति बिजनेश लिनुपर्ने थियो, त्यो भएन । विभिन्न शाखा स्थापना तथा सोही अनुसार संस्थालाई बृहत् बनाउँदै गएको भए अहिले कोषमा यस्ता साना समस्या आउने थिएनन् । शुरूदेखि नै कर्मचारीका कार्यक्रमले पर्याप्त भएपछि कोषको विस्तार गर्न ध्यान नपुगेको हो । खासगरी हाम्रा पूर्वाधार निर्माण तथा व्यवस्थापनमा जटिलता उत्पन्न भएकाले कारोबार विस्तार गर्न नसकिएको हो । तर सामाजिक सुरक्षा कोष र नागरिक लगानी कोषको कार्यक्रम प्रकृति र उद्देश्य नै फरक छ । हाम्रो मुख्य उद्देश्य भनेको पूँजीबजारको विकास गर्ने हो । पछिल्लो तथ्यांकअनुसार कोषमा ४८ हजार बढी सरकारी तथा गैरसरकारी संस्था आबद्ध छन् । सो संख्यामा अझै कत्तिको सुधार आएको छ ? यसबाट खुद कोष रकम कति संकलन गर्न सफल हुनुभएको छ ? हो, अहिले संस्थामार्फत सेवा लिने सेवाग्राही बढ्दो क्रममा छन् । कोषमा संस्थामात्र ४८ हजारभन्दा बढी पुगिसकेका छन् । सेवाग्राही भने ६ लाख ३१ हजार ९१९ पुगेका छन् । यो संख्या पनि उकालोतर्फ नै छ । सेवाग्राही संख्यामा सुधार आएसँगै यसबाट करीब १ सय १८ अर्ब खुद कोष रकम संकलन गर्न सफल भइसकेका छौं । करीब २८ वर्षअघिको नागरिक लगानी कोष ऐन २०४७ संशोधन हुने भनिएको थियो । यो संशोधनको प्रक्रियामा रहेकै करीब ६–७ वर्ष भयो । ढिलाइ हुनुको कारण के हो ? नागरिक लगानी कोष ऐन २०४७ संशोधन ढिलाइ हुनुको कारण जानकारी भएन । तर संशोधनको फाइल संसद्मा पेश भएको र संशोधन पारित हुने अन्तिम चरणमा छ । ऐन संशोधनपछि हामीलाई केही हदसम्म फाइदा हुनेछ । यसले गर्दा संस्थाको पूँजी बढ्छ । अहिले लगानी कोषको पूँजी १ अर्ब १० करोड छ भने ऐन संशोधन भएपछि करीब ३ अर्ब प्रस्ताव गरिएको छ । अधिकृत पूँजी ८ अर्बको छ । अहिले भइरहेको कामभन्दा ऐन संशोधन भइसकेपछि अहिले भइरहेका काम र हुन सक्ने काम तथा संस्थाको कार्य क्षेत्र तथा दायरा फराकिलो हुने आशा गरिएको छ । ऐन संशोधनको प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी प्राप्त भएको छ । अब संशोधन छिट्टै हुने अपेक्षा छ । ऐन संशोधनपछि कस्ता कार्यक्रम आउलान् त ? हामीले काम गर्न सक्नुप¥यो, सम्भावना धेरै छन् । अहिले लगानी कोषले कर्मचारीलाई मात्र समेटेको छ । कार्यक्रम अझ बढी समेट्न सक्नेगरी ऐन संशोधन प्रस्ताव भएको छ । अब आउने कार्यक्रममा संघीय संसद्का सांसद, स्थानीय तहमा धेरै पदाधिकारीलाई पनि समेट्ने कार्यक्रम तय हुन सक्छ । स्वरोजगार क्षेत्रलाई पनि लगानी कोषले समेट्न सक्छ । नागरिक एकांक विदेशमा बेचेर ‘इन्फर्मल’ क्षेत्रबाट आएको रेमिट्यान्सलाई ‘फर्मलाइज’ गर्न सक्छौं । अब आउने कार्यक्रमलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्न सक्यौं भने सेवाग्राहीलाई मुनाफा पनि प्रदान गरिनेछ । केही समयअघि कोरियामा नागरिक एकांक परीक्षण समेत गर्नुभयो । सफल पनि भयो भन्ने सुनिएको थियो । अन्य देशमा पनि यो कार्यक्रम अगाडि बढाउने तपाईंहरूको योजना थियो । अहिले के भइरहेको छ ? यसको लागि सबैभन्दा पहिला मानव संसाधन विकासलाई चुस्त बनाउनुपर्‍यो । त्यस्तै अहिले समयअनुसार सूचना प्रविधिको सिस्टमलाई बढी प्राथमिकता दिनु आवश्यक छ । कोषमा कर्मचारी आवश्यक पर्दा लोकसेवा आयोगबाट परीक्षा गराउनु पर्‍यो । दोस्रो कुरा, अहिलेको पछिल्लो सिस्टम सञ्चालन तथा कार्यान्वयनमा ल्याउनुप¥यो, ता कि विदेशमा बस्ने मानिसलाई शेयर बेच्दा उसले ब्याज हिसाब गर्न सकोस् । कसैलाई जानकारी दिँदा ब्याज लिन पाउने सुविधा छ भन्ने जानकारी विदेशमा रहेकाले पनि पाउने हो भने विदेशबाट सही तरीकाबाट पैसा आउँछ । रेमिट्यान्सबाट पैसा पठाउँदा अन्य शुल्क तिर्न नपर्ने भएमा यस्तो सम्भावना हुन्छ । नेपालमा प्राविधिक तरीका विकास गर्नैपर्छ । कोरियामा हामीले एकांक बेच्यौं । नागरिक लगानी कोषको सफ्ट्वेयर तथा प्रविधि पुरानो भइसकेका कारण सबै प्रविधिलाई अपग्रेड गरी मोबाइल एप पनि सञ्चालननमा ल्याउने योजना बनाएका छौं । अब नागरिक लगानी कोषले एनएलके बेस्ड सफ्ट्वेयर सञ्चालनको तयारी समेत थालेको छ । सेवाग्राहीको सेवा तथा सुविधा तथा वित्तीय कारोबारका लागि नेपाल इन्फोटेक कम्पनीलाई यसको काम गर्न जिम्मा दिने तयारी छ । कोषले बजार निर्माता र स्टक डिलर जस्ता कार्य गर्ने भनेको पनि १ वर्ष बितिसक्यो । अनुमति अझै पाएको छैन । यसबारे के भइरहेको छ ? नागरिक लगानी कोषबाट बजार निर्माता र स्टक डिलर जस्ता कार्य निरन्तर भइरहेको छ । हामीसँग पूँजीबजार शाखा छुट्टै छ, जसले इस्यू व्यवस्थापनकोे काम गरिरहेको थियो । अब हामीजस्तै संस्था खोजेर स्टक डिलर गर्ने योजना पनि बनाएका छौं । अहिले अध्ययनको प्रक्रियामै छौं । प्रबन्धपत्र नियमावली बनाउने काम पनि भइरहेको छ । करीब सम्पन्न भइसकेको छ । हामी जस्तै संस्थाहरूसँग छलफल गर्ने क्रममा छौं । संस्था मिलेर एउटा ठूलो फन्ड तयार गर्ने अथवा हामीले नै छुट्टै बनाउने विषय हुनेछन् । कोषले मुद्दती निक्षेपबाहेक लगानीको दायरा बढाउन के गर्‍यो ? मुद्दती निक्षेपमा केन्द्रित लगानीको ठूलो हिस्सा क्रमशः घटाउँदै लगिने पाँचवर्षे रणनीतिक योजनामा लगानी व्यवस्थापनअन्तर्गत समेत उल्लेख थियो । यसको दायरा बढाउन अब कस्ता योजना ल्याउँदै हुनुहुन्छ ? कोषले कुन क्षेत्रमा कसरी जाने भनेर अध्ययन गर्न जरुरी छ । बैंक वित्तीय संस्थाले जस्तै ऋण मात्र दिने काम कोषले किन गर्नु ? राम्रा परियोजना आयो भने राष्ट्रले गौरव गर्ने खालका परियोजनामा ऋण दिन सक्छ । जस्तै– पूर्वाधारका योजनाहरू आउँछन् । यसो गर्न सकियो भने कोषको नाम पनि रहन्छ । देशको समृद्धिमा सहयोग गर्ने अवसर पनि पाइन्छ । सरकारले लिएको ‘समृद्ध नेपाल : सुखी नेपाली’ अभियानलाई सहयोग पनि हुन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)