ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

१० वर्षे वारेन्टीको वाल माउन्ट टेस्ला बजारमा ल्याउँदै छौं

Apr 21, 2019  
अन्तरवार्ता
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
भूलक्ष्मी ग्रूपअन्तरगतको टेस्ला कम्पनीले एयर कन्डिस्नर (एसी) को व्यवसाय गर्छ । यो ग्रूप ६ वर्षअघि चितवनमा स्थापना भएको थियो । केही दिनभित्रै १० वर्षे वारेन्टीका साथ नयाँ प्रडक्ट लञ्च गर्ने योजनामा रहेको टेस्ला कम्पनीका प्रमुख कार्यकारी अधिकृत किरण आचार्यसँग आर्थिक अभियानका निकेश खत्रीले गरेको कुराकानी : युवावस्थामा नै एयर कन्डिस्नर (एसी) व्यवसाय शुरू गरेर छोटो समयमै स्थापित हुनु भयो । कसरी यो व्यवसाय रोज्नुभयो ? म प्रविधि पढेको विद्यार्थी हुँ । एसी पनि प्रविधि सम्बन्धी उत्पादन हो । आजभन्दा ६ वर्ष अगाडि एसी व्यवसाय शुरू गर्दा १८ घन्टासम्म लोडशेडिङ हुने भएकाले त्यति माग थिएन । त्यसैले त्यो बेला एसीको व्यवसाय शुरू गर्नु परिवार र साथीभाइको नजरमा मुर्ख बन्नु थियो । तर, म केही फरक गर्न चाहन्थे । उमेर पनि कम । आफू परिपक्व नभइसकेकोले प्रतिस्पर्धामा जान नपर्ने खालको पेशा अँगालेको हुँ । मैले यो पेशा तत्कालीन समयलाई नभई ५ वर्ष पछाडिको भविष्य हेरेर शुरू गरेको हुँ । नेपालमा नौलो व्यवसाय सञ्चालन गर्ने रहरका साथ एसी व्यवसायमा हात हालेको हो । नेपालमा पनि गर्मी बढिरहेको थियो । केही वर्षमा लोडशेडिङ पनि हट्ने छ भन्ने अनुमान थियो । यो बिल्कुलै पहिलो पुस्ताको व्यवसाय हो । अब एसीको व्यवसायको सम्भावना कत्तिको छ ? नेपाली बजारमा एसीको बजार भर्खरै शुरू भएकाले टेस्लालाई स्थापित हुन समय लागेन । बजार कम र माग धेरै भएकाले नै सहजै टेस्ला नेपाली बजारमा स्थापित हुन सक्यो । नेपाल विकासशील र पर्यटकीय राष्ट्र भएकाले यहाँ होटल, कर्पोरेट हाउस, मल्टिनेशनल कम्पनी स्थापना हुन्छन् । ती सबैमा एसी आवश्यक पर्ने भएकाले माग बढिरहेको छ । आजभन्दा ५ वर्षअघि नेपालीका लागि एसी विलासिताको वस्तु थियो । तर, आज अनिवार्य वस्तुमा परिणत भएको छ । अहिले धमाधम पाँच तारे होटल र रिसोर्ट स्थापना भइरहेका छन् । ती सबै होटलहरूले एसी जडान गर्छन् । त्यसकारण पछिल्लो समय नेपालमा एसीको माग बढेको छ । नेपालमा अन्य कम्पनीको एसी पनि पाइन्छ । व्यापारमा कत्तिको प्रतिस्पर्धा छ ? एसीको व्यापारमा चुनौती पक्कै छ । चुनौती भएको ठाउँमा व्यापार गर्न मजा आउँछ । सहज वातावरणमा त जसले पनि व्यापार गर्छ । माग अत्यधिक बढिरहेको अवस्थामा अन्य कम्पनीको पनि व्यापार फस्टाइरहेको छ । टेस्ला ब्रान्डको एसीमात्र बढी बिक्छ भन्न सकिँदैन । अन्य कम्पनीका पनि एसी बजारमा बिकिरहेका छन् । प्रतिस्पर्धात्मक बजारमा व्यापारका नयाँ तरीका ल्याउनु पर्छ । ग्राहकले टेस्ला नै रोज्न हामी सृजनशील हुनुपर्छ । ग्राहकले टेस्ला किन रोज्ने, त्यसको कारण उनीहरूलाई बताउन सक्नु पर्छ । त्यसरी बजारको विश्वास पनि जित्न सक्नुपर्छ । अहिले टेस्लाले ग्राहकको सेवामा जोड दिइरहेको छ । अन्य कम्पनीले ५ वर्षको वारेन्टी दिइरहँदा हामीले १० वर्षे वारेन्टीको कुरा जोडिरहेका छौं । नेपाली ग्राहकले टेस्ला ब्रान्ड रोज्ने आधारहरू यिनै हुन् । टेस्ला अन्य ब्रान्डभन्दा भिन्न रूपमा बजार खोजिरहेको छ । चिवनबाट व्यवसाय शुरू गरेर देशभर विस्तार गर्नु भएको छ । टेस्ला ब्रान्डलाई स्थापित गराउन कत्तिको सहज भयो ? भूलक्ष्मी ग्रूपअन्तर्गत ट्रेडमार्क दर्ता गरेको टेस्ला एसी करीब ३ वर्ष अगाडि आधिकारिक रूपमा नेपाली बजारमा छिरेको हो । यसलाई स्थापित गराउन शुरूका दिनमा केही कठिन भए पनि नेपाली बजारमा एसीको व्यापार भर्जिन अवस्थामा रहेकाले खासै हम्मे परेन । स्थापना भएको शुरूका दिनमा सम्पूर्ण टोली टेस्लाको मार्केटिङमा देश दौडाहा गर्‍यौं । टेस्ला बजारमा आउनुभन्दा अगाडि नै बजारमा अन्य ब्रान्डका एसीहरू आइसकेका थिए । उनीहरूसँग प्रतिस्पर्धा गर्न थोरै मेहनेत त गर्नु परेकै हो । अहिले टेस्लाका डिलरहरू देशभर गरी २२ ओटा पुगेका छन् । टेस्ला ब्रान्डको कुनै नयाँ उत्पादन बजारमा सार्वजनिक गर्दै हुनुहुन्छ ? हामी यही वैशाख तेस्रो सातामा टेस्ला इन्भर्टर नामक वाल माउन्ट एसी सार्वजनिक गर्दै छौं, जुन नेपाली बजारमा बिल्कुलै नयाँ उत्पादन हुनेछ । उक्त उत्पादन एकदमै थोरै भोल्टेजमा पनि सहजै चल्ने क्षमता राख्छ । यस्तै वाल माउन्टले अन्य एसीको तुलनामा ६० प्रतिशतसम्म विद्युत् बचत गर्छ । हामीले वाल माउन्ट खासगरी काठमाडौंभन्दा बाहिरका ग्राहकलाई लक्षित गर्दै ल्याएका हौं । काठमाडौंमा बाहेक नेपालका सबै स्थानमा एकदमै कम भोल्टेज हुने र एकै छिनमा चाहिनेभन्दा बढी भोल्टेज पनि आउने भएकाले त्यस्तो वातावरणमा पनि वाल माउन्टले काम गर्न सक्छ । यसको मतलब काठमाडौंमा वाल माउन्टले काम गर्दैन भन्ने हैन । कम्पनीले वाल माउन्ट १० वर्ष वारेन्टीका साथ सार्वजनिक गर्दै छ । वाल माउन्टको मूल्य रू. ६५ हजारदेखि शुरू हुनेछ । यस्तै जेठको दोस्रो सातामा भीआरएफ इन्भर्टर एसी सार्वजनिक गर्ने योजना बनाएका छौं । ठूला व्यापारिक मल, पाँच तारे होटल, हस्पिटल र ठूला कर्पोरेट हाउस लक्षित गरेर भीआरएफ सार्वजनिक गर्न लागिएको हो । इन्भर्टर भन्नाले इन्भर्टरबाट चल्ने नभई पछिल्लो समय एसीमा आएको उत्कृष्ट प्रविधि हो, जसले थोरै विद्युत् खपत गर्छ । यस्तै अबको केही महीनामा टेस्लाले आफ्नै एप्लिकेशन सार्वजनिक गर्नेछ, जसबाट ग्राहकहरूले कम्पनीको ब्रान्ड र सेवामा आएको समस्याबारे जानकारी दिन सक्छन् । आगामी दिनमा टेस्ला कम्पनीलाई अगाडि बढाउने कार्ययोजना कस्तो बनाउनु भएको छ ? भूलक्ष्मी ग्रूप दुई/चार वर्ष सञ्चालन गरिने होइन । यो ग्रूप दीर्घकालीन व्यावसायिक सोच लिएर नेपाली बजारमा स्थापना भएको हो । पहिलो पुस्ताको रूपमा शुरू गरिएको कम्पनी भविष्यमा अर्को पुस्तालाई हस्तान्तरण गरिँदै जानेछ । ग्रूप अन्तर्गतको टेस्लाले उत्पादित सबै प्रकारका एसीका उत्पादनलाई नेपाली बजारमा सार्वजनिक तथा विक्री वितरण गर्दै आएको छ । टेस्लाले भविष्यमा सम्पूर्ण इलेक्ट्रोनिक उत्पादन विक्री वितरण गर्ने योजना बनाएको छ । चितवनको रामपुरमा एसीको एसेम्बल गर्ने एउटा फ्याक्ट्री स्थापना गर्ने लक्ष्य लिएका छौं । त्यसका लागि जग्गा तयारी अवस्थमा रहे पनि क्रिकेट रंगशाला निर्माण भइरहेकाले स्थानीय सरकारको योजना पर्खिरहेका छौं । स्थानीय सरकारले टुरिजम शहर निर्माण गर्ने योजना अगाडि सार्‍यो भने चितवनमा टेस्लाको कारखाना स्थापना हुने छैन । त्यसैले पर्ख र हेरको स्थितिमा छौं । स्थानीय सरकारले उद्योग स्थापना गर्न दिने भन्यो भने अबको केही वर्षमा नेपालमै टेस्ला ब्रान्डका विद्युतीय सामग्री एसेम्बल गरिन्छ । हामीले वैज्ञानिक निकोला टेस्लाको नामबाट नेपालमै यो ब्रान्डको ट्रेडमार्क दर्ता गरेका हौं । आगामी दिनमा कम्पनीले कति लगानी थप गर्दै छ ? भूलक्ष्मी ग्रूप एकल लगानीमा स्थापना गरिएको हो । यसमा हालसम्म अरू कसैको लगानी छैन । तर, आगामी दिनमा अरू लगानीकर्तालाई पनि भूलक्ष्मीको टेस्लासँग जोड्ने योजनामा कम्पनी रहेको छ । नेपालमा एसीको माग ह्वात्तै बढिरहेकोले थोरै पूँजीबाट माग धान्न सकिँदैन । टेस्लालाई कर्पोरेट कल्चरमा लगिसकेका छौं । कम्पनीले करीब एक वर्ष अगाडि आईएसओ (९००१–२०१५) सर्टिफिकेट पाइसकेको छ । कम्पनीले अबको पाँच वर्षसम्म टेस्ला ब्रान्ड नेपालको हो भनेर विश्वभर चिनाउने कोसिस गर्नेछ । भारत र चीनजस्ता एसीका ठूला बजार भएका देशमा यसलाई विस्तार गर्ने योजना कम्पनीको छ । आगामी दिनमा चीनमा उत्पादन गरेर भारत र दुबई पठाउने गरी योजनाका साथ कम्पनीले काम गरिरहेको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)