ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

साढे ३८ लाख मूल्यबराबरको दूध निकासी

May 22, 2019  
प्रदेश समाचार लुम्बिनी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar प्रवीर ददेल
रुकुम । रुकुमबाट साढे ३८ लाख रुपैयाँको दूध निकासी भएको छ । रुकुम पश्चिमको मुसीकोट नगरपालिका–४ सोलावाङमा सञ्चालित नागरिक दुग्ध सहकारी संस्थाले ४ महीनामै ३८ लाख ६४ हजार मूल्यबराबरको दूध जिल्लाबाहिर निकासी गरेको हो । गत पुसदेखि सञ्चालित सहकारी संस्थाले दूध विक्रीबाट ३८ लाख ६४ हजार रुपैयाँको कारोबार गरेको संस्थाका अध्यक्ष धिरन सिर्पालीले बताए । ३–३ दिनको फरकमा जिल्लाका विभिन्न स्थानबाट संकलन गरिएको दूध नेपालगञ्ज पठाउने गरिएको अध्यक्ष सिर्पालीको भनाइ छ । यो अवधिमा यहाँबाट साढे ६९ हजार लिटर दूध नेपालगञ्ज पठाइएको उनले बताए । ‘जिल्लाका विभिन्न १४ स्थानमा संकलन केन्द्र स्थापना गरेर दूध विक्रीवितरण गर्ने गरिएको छ,’ उनले भने । ७४ हजार ५ सय लिटर दूध संकलन भए पनि जिल्लामा खपत भएर बचेको उक्त परिमाणको दूध बाहिर निकासी गरिएको उनले बताए । गाउँमा किसानले उत्पादन गरेको दूध नियमित रूपमा विक्री हुन थालेपछि किसान उत्साहित भएका छन् । दूध बेच्न कुनै समस्या नभएको सानीभेरी गाउँपालिका–११ का यामबहादुर खड्काले बताए । पहिले गाउँमा दूध उत्पादन हुने भए पनि बजारको समस्याका कारण समस्या भएको उनको भनाइ छ । किसानले उत्पादन गरेको दूधलाई सहकारीले प्रतिलिटर ४२ रुपैयाँमा खरीद गर्दै आएको छ । किसानले हरेक महीनाको अन्तिममा दूधको पैसा पाउने गरेका छन् । सहकारीले यहाँको दूधलाई सहज रूपमा जिल्लाबाहिर निर्यात गर्न र गाउँगाउँबाट सहकारीमा दूध जम्मा गर्न तीनओटा गाडीको व्यवस्था गरेको छ । गाउँमा स्थापना भएका संकलन केन्द्रमा हरेक दिन किसाले दूध ल्याउने गरेका छन् । दैनिक ३३० किसानले उत्पादन गरेको दूध सहकारीमा जम्मा हुने गरेको छ । १ करोड ३० लाख लगानीमा दुग्ध सहकारी स्थापना गरिएको सहकारीका सचिव छविलाल केसीले बताए । सहकारीमा कर्णाली प्रदेश भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयले ७९ लाख सहयोग गरेको छ भने अन्य सबै लगानी शेयर सदस्यको छ । सहकारी संस्थाले वार्षिक २ करोडको दूध संकलन गरी उत्पादन गर्ने लक्ष्य राखेको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)