ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बाँकेको सीमावर्ती नाका जमुनाहाबाट स्रोत नखुलेको २० लाख रुपैयाँसहित एकजना नियन्त्रणमा

२०८० असार, २९  
लुम्बिनी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found

बाँके । नेपाल–भारत सीमावर्ती नाका जमुनाहाबाट सशस्त्र प्रहरीले २० लाख रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।  

नेपालगन्ज उपमहानगरपालिका–१५ जमुनाहस्थित शर्मा गल्लीबाट बिहीवार साँझ स्रोत नखुलेको रु २० लाखसहित २० वर्षीय सोहेल कुरेशीलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरी बल नेपाल नं ३० गण बाँकेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक लक्ष्मण थापाका अनुसार बाँकेको जयसपुरका कुरेशी मोटरसाइकल चढेर भारतबाट नेपालतर्फ आउँदै गर्दा रहकसहित समातिएका हुन् । 

कुरेशी चढेको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त रकम बरामद गरिएको हो । मोटरसाइकल चालक भारततर्फ भागेका थिए । रकमसहित कुरेशीलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालयको जिम्मा लगाइएको सीमा सुरक्षा गुल्म जमुनाहले जनाएको छ । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)