ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कर्णाली कोरिडोरको काम तीव्र

May 29, 2019  
विकास
Aarthik Abhiyan 18th Anniversary NA
author avatar आकाश तारा बयक
सुर्खेत । कर्णाली कोरिडोरको काम अहिले दु्रतगतिमा भइरहेको छ । नेपाली सेनाले जिम्मा लिएपछि यो कोरिडोरको निर्माणले गति लिएको हो । चालू आर्थिक वर्षभित्रै हुम्ला पुग्नेगरी कर्णाली कोरिडोर निर्माणको काम तीव्र पारिएको छ । असार मसान्तभित्र कोरिडोर हुम्लाको दक्षिणी क्षेत्र ताजाकोट र अदानचुलीमा जोडिने निर्माण कम्पनीले बताएको छ । कोरिडोरको कालीकोट खुलालुदेखि हुम्लाको सलीसल्लासम्मको खण्ड नेपाली सेनाले निर्माण गरिररहेको छ । कोरिडोरको खुलालु–सिमकोट खण्ड २ सय किलोमिटर छ । सरकारले खुलालुदेखि हुम्ला, सलीसल्लासम्मको सडक निर्माण जिम्मा सेनालाई दिएको छ । सलीसल्लादेखि सिमकोटसम्मको खण्ड भने सडक विभागले ठेकेदारमार्फत गरिरहेको छ । ठेकेदार तेजबहादुर महतले सजिलो ठाउँमा एस्क्याभेटरबाट काम भए पनि कडा चट्टान भएको ठाउँमा भने विस्फोटक पदार्थबाट काम गर्नुपर्ने अवस्था रहेको बताए । कर्णाली कोरिडोरअन्तर्गतको हिल्सा–सिमकोट ९५ किलोमिटर खण्डमध्ये ७१ किलोमिटर ट्र्याक खुलिसकेको छ । यो खण्डमा गाडीसमेत गुडिरहेका छन् । हुम्ला सडक सञ्जालसँग जोडिँदै छ देशका ७६ जिल्ला राष्ट्रिय सडक सञ्जालमा जोडिइसकेका छन् । तर कर्णाली प्रदेशको हुम्ला भने अझै राष्ट्रिय सडक सञ्जालमा जोडिन सकेको छैन । हुम्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्न नेपाली सेना यतिबेला रात–दिन नभनी सडक निर्माणमा सक्रिय छ । कालीकोटको खुलालुदेखि हुम्लाको सल्लीसल्लासम्म १४५ किलोमिटरमध्ये १ सय किमी सडकको ट्र्याक तयार भएको सेनाका प्राविधिक सेनानी (मेजर) मिलन कार्कीले जानकारी दिए । ६ सय जनशक्ति परिचालन कर्णाली कोरिडोर सडक निर्माणका लागि ६ सय जनशक्ति परिचालित छन् । करीब ४ सय स्थानीय र २१० जना सैनिक सडक निर्माणमा सक्रिय छन् । कोरिडोरअन्तर्गत बाजुराको धुलाचौरसम्म ट्र्याक तयार भएपछि गाडीसमेत गुड्न थालेको कार्कीले बताए । हाल दैनिक ५–६ओटा गाडी धुलाचौरसम्म चल्न थालेको ताजाकोट गाउँपालिकाका अध्यक्ष बाग्दल मल्लले जानकारी दिए । कालीकोटको खुलालुदेखि बाजुरासम्म तीनओटा बेलिब्रिज निर्माण भएको छ । बेलिब्रिज निर्माण भएपछि त्यस क्षेत्रमा गाडी चल्न थालेका हुन् । सेनानी कार्कीका अनुसार बाजुरा र हुम्लाको कर्बाडीखोलामा बेलिब्रिज निर्माण अन्तिम चरणमा पुगेको छ । अब हुम्लाको अदानचुली गाउँपालिकाको गल्फाघाट खोलामा एउटा बेलिब्रिज निर्माण गर्न बाँकी छ । चीन जोडिँदै सदरमुकाम सिमकोटलाई चीनसँग जोड्न अब सडकको डेढ किमी ट्र्याक खोल्न बाँकी छ । उत्तरी नाम्खा गाउँपालिकाको केर्मीसम्म मालवाहक ट्रक पुग्न थालेका छन् । त्यहाँबाट सिमकोटसम्म डेढ किमी ट्र्याक खुल्न बाँकी रहेको नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले बताए । ‘त्यहाँ डेढ किमी ट्र्याक तयार भएपछि सडकले चीनलाई छुन्छ,’ लामाले भने । सेनाको कामबाट स्थानीय उत्साहित कोरिडोरकै सबैभन्दा अप्ठ्यारो चट्टान लालीघाटदेखि रेगिल शान्नीगाडसम्मको भए पनि १ वर्षभित्रै गाडी गुडाएपछि स्थानीय उत्साहित छन् । सरकारले राष्ट्रिय गौरवको आयोजनाको रूपमा निर्माण भइरहेको कर्णाली कोरिडोरमा गाडी गुड्दा अब कर्णाली समृद्धिको यात्रामा अघि बढेको यहाँका जानकारको बुझाइ छ । २०५७ सालमा तत्कालीन उपप्रधानमन्त्री रामचन्द्र पौडेलले शिलान्यास गरेको कालीकोटको खुलालुदेखि हुम्लाको सिमिकोटसम्मको सडक १५ वर्षसम्म पनि गति लिन नसेकेपछि स्थानीयको मागअनुसार नेपाली सेनाले कर्णाली कोरिडोर निर्माण गर्ने जिम्मा लिएको थियो । कर्णाली कोरिडोर निर्माण पूरा भएपछि कालीकोट कर्णाली पारिका १७ गाउँसहित बाजुरा, मुगुको पश्चिम भेक र हुम्लावासीको विकासको मुख्य पूर्वाधार सडकको सपना साकार हुने पचालझरना गाउँपालिका अध्यक्ष खड्गराज सेजुवालले बताए । कर्णाली कोरिडोरमा गाडी गुडेपछि गरीबीको रेखामुनि रहेका हजारौं नागरिकका लागि ठूलो राहत भएको स्थानीय समाजसेवी भूपेन्द्रजंग शाहीले बताए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)