ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सिद्धार्थ ग्रुपले बनायो चौराहामा ५० लाख रुपियाँ लगानीमा पार्क

Jun 3, 2019  
प्रदेश समाचार लुम्बिनी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि आचार्य

जेठ २०, नेपालगञ्ज (अस) । सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीले रू. ५० लाखको लगानीमा कोहलपुर चौराहामा पार्क निर्माण गरेको छ । कोहलपुर नगरपालिकासँग सहकार्य गरेर कोहलपुर चौराहामा लाइटिङ र पानीको फोहरा सहितको पार्क निर्माण गरेको हो ।

पूर्व–पश्चिम राजमार्ग र नेपालगञ्ज सुर्खेत राजमार्ग क्रसिङ हुने चौराहामा निर्माण भएको सम्भवतः नेपालकै ठुलो, भव्य र उत्कृष्ट पार्क रहेको सिद्धार्थ विजनेश गु्रपका क्षेत्रीय प्रबन्धक केशव न्यौपानेले जानकारी दिए । उनले भने, ‘नियमित मर्मत सम्भारको अभावमा जीर्ण र अलपत्र अवस्थामा रहेको पार्कलाई सिद्धार्थ ग्रुपले नगरपालिकासँग सहकार्य गरेर रू.५० लाखको लागतमा पुनः निर्माण गरी सञ्चालनमा ल्याएको हो ।’

पार्क १७ हजार ५०० बर्ग फिटमा फैलिएको छ भने पार्कको बिचमा रहेको स्तम्भमा बाघको प्रतिमा रहेको छ । स्तम्भको तल्लो भागमा लाइटिङ सहितको पानीको फोहरा निर्माण गरिएको छ । पार्क क्षेत्रलाई दुबो र फूल रोपेर हरियाली र आकर्षक बनाइएको छ । साँझपख बत्ती बाल्दा चौराहा पार्क निक्कै आकर्षित देखिने गरेको होटल व्यवसाय निरकबहादुर शाहीले बताए ।

उनले भने, ‘पार्क निर्माण पछि कोहलपुरको शोभा बढ्नुका साथै आवतजावत गर्ने यात्रीसमेत आर्कसित भएका छन् ।’ पार्कलाई आगामी १५ बर्षसम्म सिद्दार्थ गु्रपले नै मालीको व्यवस्था गरेर नियमित रुपमा रेखदेख तथा मर्मत गर्ने गरी कोहलपुर नगरपालिका र सिद्दार्थ ग्रुपबिच सम्झौता भएको छ ।

हस्पिटालिटी अफ हार्ट भन्ने भाबनाका साथ सिद्दार्थ ग्रुपले होटेल, रेष्टुरेन्ट, रिसोट, बेकरी र क्याफे, होटेल म्यानेजमेन्ट इष्ट्रिच्युट जस्ता हस्पिटालिटी क्षेत्रका व्यावसाय सञ्चालन गर्दै आएको छ । सिद्धार्थ ग्रुपको कैलालीको टीकापुर, कर्णाली चिसापानी, नेपालगञ्ज, सुर्खेत, बुटबल, चितवनको चुम्लिङटार,काठमाडौंको बानेश्वर, धोबीघाट, तिनकुने, सुन्धारा लगायतका स्थानमा शाखा छन् ।

सिद्धार्थ ग्रुपले कोहलपुर मेडिकल कलेजको शिक्षण अस्पताल अगाडि क्याफे सञ्चालनको तयारी गरिरहेको क्षेत्रीय प्रबन्धक न्यौपानेले जानकारी दिए । पर्यटन क्षेत्रको प्रबर्द्धन र बिकासमा सरकार र निजी क्षेत्र बिच सहकार्य र साझेदारी गरेर अगाडि बढ्ने उद्देश्यले ग्रुपले कोहलपुर नगरपालिकासँग सहकार्य गरेर पार्क निर्माण गरेको हो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)