ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बजेटले समृद्धिलाई जोडेको छ : मन्त्री राई

Jun 4, 2019  
प्रदेश समाचार लुम्बिनी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि आचार्य

जेठ २१ ,नेपालगञ्ज (अस)। शहरी विकास मन्त्री मो.इस्तियाक राईले सरकारले ल्याएको बजेट समावेशी र जनमुखीरुपमा आएको बताएका छन् । सोमवार कोहलपुर चौराहाको पार्क उद्घाटन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

उनले भने,‘सरकारले जनताले चाहेजस्तो बजेट ल्याएको छ, बजेटले देशको समृद्धिलाई जोडेको छ, कार्यान्वयनमा सरकार दृढ छ ।’ सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीले कोहलपुर चौराहामा निर्माण गरेको पर्यटकीय पार्कको उद्घाटन गर्दै मन्त्री राईले विगतमा जस्तो बजेट कार्यान्वयनमा सरकारले छुट नदिने बताए ।

‘अब देशको समृद्धिका लागि कुनै पनि ढिलासुस्ती सरकारलाई मान्य हुँदैन,’ उनले थपे । मुलुकको विकासमा अब कसैले अवरोध गर्न नसक्ने बताउँदै उनले बाँके जिल्लामा सबैभन्दा धेरै बजेट विनियोजन भएकोले मुलुकको समृद्धिसँगै जिल्लामा पर्याप्त विकासका ढोकाहरु खुलेको बताए ।

कोहलपुर चौराहाको निर्माणमा सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीले सरकारले ल्याएको समृद्धिको लक्ष्यलाई टेवा पुग्ने गरी सकारात्मक प्रयास गरेकोमा धन्यवाद दिँदै मन्त्री राईले सुखी नेपाली समृद्ध नेपालका लागि निजी क्षेत्रको लगानी अपरिहार्य रहेको बताए । ‘निजी क्षेत्रको सहयोगले सरकारको अभियानलाई सहयोग पुर्‍याउने दाबी गरे ।’

कोहलपुर चौराहा पार्कको बारेमा बिस्तृत पढ्न यो लिंकलाई क्लिक गर्नुहोस् ।    
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)