जेठ ३२, दाङ(अस) । दाङमा निर्माणाधिन सम्राट सिमेन्ट उद्योगको निर्माणधिन भवनको ढलान भत्किंदा तीन जना मजदुरको मृत्यु भएको छ । उद्योगको नयाँ प्लान्ट निर्माणको क्रममा शनिवार विहान ढलान भत्किएर भारत झारखण्ड घर भई उद्योगमा कार्यरत कामदारको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार मृत्यु हुनेमा भारत झारखण्डका ४५ वर्षिय मंगल कस्यव, २२ वर्षिय दयाल हरेन र ४६ वर्षिय साहेव रहेका छन् ।
उक्त घटनामा परी अन्य तीनजना घाइते भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख अरुणकुमार सिंहले बताए । घाइते हुनेहरुमा अजय हेरेन, दिपेन बोडोलइ, नरेन बोडलइ छन् । उनीहरुलाई थप उपचारका लागि बुटवल लगिएको छ ।