ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

काम सकिएको दुई साता नबित्दै उप्कियो कालोपत्र

Jun 17, 2019  
प्रदेश समाचार मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिपेश पौडेल
रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–९, चेतनगरमा सडक कालोपत्र भएको दुई साता नबित्दै उप्किन थालेको छ । हुलाकी राजमार्गअन्तर्गत जिल्लामा पर्ने सिन्दुरेघारीदेखि बिनुवा टोलसम्मको सडकमा एकतर्फी गरिएको कालोपत्र उप्किन थालेको हो । संघीय प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिकी सभापति कल्याणी खड्कासहितको टोलीले आइतवार गरेको अनुगमनको क्रममा सडकका केही भाग गुणस्तरहीन पाएको छ । अनुगमनपश्चात् सरकारी निकायबाट अनुगमन नभएको र ठेकेदारले पनि आफ्नो जिम्मेवारी पूरा नगरेको देखिएको उनले बताइन् । सांसद खड्काले सम्झौताअनुसार गुणस्तरीय काम गर्न निर्माण कम्पनीलाई सुझाव दिइन् । डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरमार्फत बन्दन भगवती कामख्या जेभीले उक्त सडक कालोपत्र गर्ने जिम्मा पाएको हो । १८ सय मिटर सडक कालोपत्र गर्न रू. १ करोड ६० लाखमा निर्माण कम्पनीले जिम्मा लिएको थियो । निर्माण कम्पनीका प्रतिनिधि रामनारायण यादवले केही स्थानमा कमजोरी भएको र त्यसमा सुधार हुने बताए । विभिन्न समस्याका कारण कालोपत्र उप्किएको हुन सक्ने उनको भनाइ छ । कालोपत्रे सडक गुणस्तरहीन भएको भन्दै स्थानीयले केही दिनदेखि काममा अवरोध गरेका थिए । मापदण्डअनुसारको निर्माण सामग्री प्रयोग नहँुदा कालोपत्र उप्किन थालेको स्थानीयको आरोप छ । अनुगमन टोलीमा खड्कासहित चन्द्रपुरका नगरपालिकाका नगर प्रमुख रामचन्द्र चौधरी, प्रमुख जिल्ला अधिकारी किरण थापा र सडक डिभिजन कार्यालय चन्द्रपुरका प्रमुख दरोगा प्रसादलगायत सहभागी थिए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)