असार २, दाङ (अस) । दाङको तुलसीपुर उपमहानगरपालिकाले आफ्नो सेवा क्षेत्रबाट खरको छाना हटाउने अभियान अन्तर्गत विपन्न परिवारलाई जस्तापाता वितरण गरेको छ । उपमहानगरपालिकाले वडा नं. १८ का २५ घरधुरीका विपन्न परिवारलाई हालै जस्तापाता वितरण गरेको हो । जस्तापाता विवरण गर्दै उपमहानगरपालिकाकी उपप्रमुख माया आचार्यले उपमहानगरपालिकाले नगर क्षेत्रमा खरका छाना मुक्त बनाउने अभियानअन्तर्गत जस्तापाता वितरण गरिएको बताइन् ।
अभियानको क्रममा अहिलेसम्म करीब ८० प्रतिशत खरका छाना भएका घरहरुमा जस्तापाता वितरण गरिएको छ ।