ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बाँकेमा ७ मेगावाट विद्युत् अभाव, १०.५% चुहावट भएको आकलन

Jun 18, 2019  
प्रदेश समाचार लुम्बिनी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि आचार्य

असार ३, नेपालगञ्ज(अस) । बाँकेमा सात मेगावाट विद्युत अभाव भइरहेका बेला १० दशमलव ५ प्रतिशत चुहावट भएको नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज शाखाले आकलन गरेको छ । गत वर्षभन्दा १९ प्रतिशत विद्युत् चुहावट थियो । चालू आर्थिक वर्षमा ८ दशमलव ५ प्रतिशत चुहावटमा कमी आएको छ । तर विद्युत् चुहावटबाट कति घाटा भइरहेको छ भन्ने बारे यकिन विवरण नभएको नेपालगञ्ज शाखा विद्युत् वितरण केन्द्रका प्रमुख रामदुलार यादवले बताए । उनले भने, ‘चुहावट नियन्त्रण तथा कारवाही प्रक्रियालाई नियमित रूपमा सञ्चालन गरेका कारण यो सफलता प्राप्त भएको हो, चुहावट नियन्त्रणसँगै ठूलो मात्रामा विद्युत् युनिट रिकभर भएको छ ।’

जसका कारण गतवर्षको तुलनामा नेपालगन्जमा यो वर्ष लोडसेडिङ नभएको उनको दाबी छ । तर चुहावटको विवरण तयार गर्ने काममा शाखा प्रमुखले समेत कुनै चासो नदेखाएको कतिपय कर्मचारीले बताउने गरेका छन् । तर, बत्ती प्रतिदिन दुई घण्टा गइरहेकै छ । गतवर्ष यतिबेला दैनिक चार घण्टा लोडसेडिङ हुँदै आएकामा यो वर्ष दुईओटा फिडरमा मात्रै लोडसेडिङ हुने गरेको छ । विद्युत् क्षमता गतवर्षकै अनुपातमा रहे पनि ग्राहक भने १२ प्रतिशतले बढेको प्राधिकरणले बताएको छ ।

नेपालगन्जमा गर्मीयाममा २४ मेगावाट विद्युत् आवश्यक हुने गरेको छ । नेपालगन्जमा अहिले भारतबाट १२ मेगावाट र पिकआवरमा नेपालबाट पाँच मेगावाट विद्युत् प्राप्त भइरहेको कार्यालय प्रमुख यादवले बताए । ‘जति गर्मी बढ्दै जान्छ, त्यति भारतले कम विद्युत पठाउने गरेको छ, मुलुकका अन्यत्र सरह लोडसेडिङ हटेको कारण नेपालगन्जमा पनि लोडसेडिङ हुन नदिन प्रयत्‍न भइरहेको छ,’ यादवले भने ।

भारत र नेपालको गरी नेपालगञ्जमा १७ मेगावाट विद्युत खपत भइरहेको छ । नेपालगन्जमा अझै ७ मेगावाट विद्युत् अभाव छ ।  विद्युत् वितरणको क्षमता बढाउन नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले ट्रान्सफर्मरको क्षमतासमेत बढाएको छ । बसपार्कस्थित क्षेत्रीय कार्यालयमा रहेको साढे सात एमभीए क्षमताको ट्रान्सफर्मरलाई १५ एमभीए बनाइएको छ । यस्तै, नेपालगन्ज कार्यालय परिसरमा रहेको तीन एमभीए क्षमताको ट्रान्सफर्मरलाई आठ एमभीए बनाइएको छ भने कोहलपुरमा रहेको १५ एमभीएको ट्रान्सफर्मरलाई पनि बढाएर ३० एमभीए बनाइएको छ । ट्रान्सफर्मरको क्षमता वृद्धिपछि विद्युत् वितरण प्रक्रियामा समस्या छैन । विगतमा विद्युत लोड बढी हुँदा ट्रान्सफर्मरले नधान्ने समस्या थियो ।

प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयको आँकडा अनुसार जडित क्षमताका आधारमा प्रणालीमा अहिले स्वदेशका निजीक्षेत्रले उत्पादन गरिरहेको २०१ मेगावाट बराबरको विद्युत् चुहावट छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)