ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मटिहानी नगरपालिकाद्वारा रू.३६ करोड विनियोजन

Jun 25, 2019  
प्रदेश समाचार मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि आचार्य
असार १०, जलेश्वर(अस) । महोत्तरी जिल्लास्थित मटिहानी नगरपालिकाको तेस्रो नगरसभाले आर्थिक वर्ष ०७६/०७७ को लागि रू.३६ करोड ६१ लाख ६५ हजार बजेट विनियोजन गरेको छ ।नगरपालिकाको कार्यालयमा आयोजना गरिएको बजेट, नीति तथा कार्यक्रम सार्वजनिकीकरण समारोहमा नगरप्रमुख हरिप्रसाद मण्डलले सो बजेट सार्वजनिक गरेका हुन् । कार्यक्रममा कुल बजेट मध्ये नगर कार्यपालिकाको चालु खर्च रू.६ करोड तथा पुँजीगत खर्च रू. १९ करोड ७२ लाख ६५ हजार गरी जम्मा रू.२५ करोड ७२ लाख ६५ हजार विनियोजन गरिएको जानकारी दिइयो । त्यसैगरी वडा समितिहरुको प्रशासनिक तथा साधारण खर्च रकम रू.५ लाखका दरले रू.४५ लाख तथा वस्ती र वडास्तरबाट छनौट भई आउने योजना सञ्चालन समेत गरी वडा समितिको पुँजीगत खर्चतर्फ रकम रू. ५५ लाखका दरले रू.४ करोड ९५ लाख विनियोजन गरिएको कार्यक्रममा जानकारी दिइयो । ‘मटिहानी नगर : स्वच्छ सुन्दर, समुन्नत नगर भन्ने नारालाई मूर्तरुप दिने गरी यो आर्थिक वर्षमा कार्य गरिने बताउँदै प्रमुख मण्डलले कृषि र महिला सशक्तिकरणको क्षेत्रमा बढी नीति ल्याइएको जानकारी दिए । प्रदेश नं. २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्माको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक सुरेशप्रसाद सिंह लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिको सहभागिता थियो ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)