ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रदेशले कि संघले भन्ने अन्योल हुँदा विद्यालय भवन अलपत्र

Jul 1, 2019  
प्रदेश समाचार लुम्बिनी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि आचार्य
असार १६, रोल्पा (अस) । प्रदेश वा संघ, कुन सरकारले निर्माण गर्ने भन्ने बारे अन्यौल हुँदा रोल्पाको एउटा विद्यालय भवन अलपत्र परेको छ । २०७४ सालमा तत्कालिन जिल्ला शिक्षा कार्यालय रोल्पामार्फत निर्माण कार्य शुरु गरिएको त्रिवेणी गाउँपालिका–३ लिङदुङस्थित सरस्वती माध्यामिक विद्यालयको भवन हाल प्रदेश वा संघ कुन सरकारले निर्माण गर्ने भन्ने कुनै टुंगो नहुँदा निर्माणको काम बिचैमा अलपत्र छ । रू.३६ लाखमा निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि पहिलो किस्ताको रू.१६ लाख ५० हजार बाहेक बाँकी बजेट नआउँदा भवन अलपत्र परेको हो ।निर्माणाधिन भवन अलपत्र भएपछि जिर्ण भवनबाटै पठनपाठन गर्नुको विकल्प नभएको शिक्षकहरुले बताएका छन् । ‘विद्यालयको भवन निर्माण गर्दा एकमुष्ट रकम दिएको भए गत वर्ष नै भवन निर्माण सकिन्थ्यो होला’, निमित्त प्रधानाध्यापक ओमविक्रम घर्तीले भने, ‘पहिलो किस्ता मात्र आयो तर बाँकी रकम नै पाएनौं ।’ पहिलो किस्ता जिल्ला शिक्षा कार्यालयबाटै भुक्तानी लिएको तर हाल शिक्षा शाखा स्थानीय तहमा गएको भन्दै शिक्षा कार्यालयले बजेट पनि उतैबाट भुक्तनी हुने बताएको छ । पहिलो किस्ता लिएको दुई वर्ष पुग्न लाग्दा सम्म पनि अर्को किस्ता आउने कुनै अत्तोपत्तो नभएको स्थानीय अभिभावकहरु बताउँछन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)