ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बाँकेमा ३ हजार मेट्रिक टन रासायनिक मलको अभाव

Jul 1, 2019  
प्रदेश समाचार लुम्बिनी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि आचार्य
असार १६,नेपालगञ्ज(अस) । चालु आर्थिक वर्षको अन्त्यसम्म बाँकेमा ३ हजार ५०० मेट्रिक टन रासायनिक मलको अभाव देखिएको छ । कृषि सामग्री कम्पनी लिमिटेड नेपालगञ्ज शाखाका प्रमुख रमेश पौडेलले यस क्षेत्रमा १ हजार मेट्रिक टन डीएपी मल आवश्यक देखिएको बताए । बाँकेमा अनुदानको मल विक्रीका लागि छुट्याएको कोटाभन्दा बढी आउने र विक्री हुने गरेको छ । ‘असार मध्यतिर प्रयाप्त बर्षा नभएका कारण खासै मलको माग बढेको छैन’, उनले भने । सरकारले नेपालगन्जका लागि ३ हजार मेट्रिक टन युरिया, डीएपी १ हजार ६०० मेट्रिक टन र पोटास ७० मेट्रिक टन अनुदानमा विक्रीका लागि कोटा छुट्याएको उनले जानकारी दिए । चालू आवको जेठमसान्त सम्म ३ हजार ३०० मेट्रिक टन युरिया विक्री भइसकेको छ । जुन अनुदानका लागि छुट्याइएको भन्दा ३५८ मेट्रिक टन बढी हो । १ हजार ६०० मेट्रिक टन डीएपी विक्री भइसकेको छ । यो मल अनुदान भन्दा ४०० मेट्रिक टन बढी हो । आगामी आवको साउनमा रोपाइँ भइसक्ने हुनाले डीएपी मलको माग बढ्ने अनुमान रहेको उनले बताए । आगामी साउन महीनाका लागि थप ५०० मेट्रिक टन डीएपी आवश्यक पर्ने अनुमान छ । वार्षिक ५ हजार मेट्रिक टन युरिया, २ हजार मेट्रिन टन डीएपी, ७५ मेट्रिक टन पोटास आवश्यक पर्ने लिमिटेड प्रमुख पौडेलको भनाइ छ । उनका अनुसार सरकारले आगामी आवमा मलखादको सन्तुलित प्रयोग मार्फत माटोको गुणस्तर र उत्पादकत्व वृद्धि गर्न कृषि सामग्री कम्पनी लिमिटेडमा मल बनाउने मेसिन जडानका लागि समेत बजेट विनियोजन गरेको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)