असार २२, बारा(अस) । निजगढ नगरपालिकाले नगरका पाँच ओटा खानेपानी उपभोक्ता संस्थालाई जेनेरेटर बितरण गरेको छ ।
एक कार्यक्रमको आयोजना गरी नगरपालिकाले कुल रू. ३३ लाख ८४ हजार ३५०को बजेटमा पाँच ओटा जेनेरेटर खरीद गरी वितरण गरेको हो ।
खानेपानी तथा सरसफाई उपभोक्ता संस्था निजगढ, बरमबाबा खानेपानी समिति, भरतगंज सिंगौल खानेपानी उपभोक्ता संस्था र लाल खानेपानी तथा उपभोक्ता संस्थालाई जेनेरेटर हस्तान्तरण गरिएको नगर प्रमुख सुरेशकुमार खनालले बताए ।
नगरवासीले सहज रुपमा खानेपानी उपभोग गर्न पाउनुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै खानेपानी संस्थालाई जेनेरेटर बितरण गरिएको खनालले बताए ।
नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत बिस्णु ढकालले संस्थाका प्रतिनिधिलाई जेनेरेटरको साँचो हस्तान्तरण गरेका थिए ।