ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

राष्ट्रिय आर्थिक गणना २०७५ : बाँकेमा व्यावसायिक प्रतिष्ठानहरुको संख्या बढ्दै

Jul 8, 2019  
प्रदेश समाचार लुम्बिनी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि आचार्य

असार २३, नेपालगञ्ज । सार्वजनिक गरिएको राष्ट्रिय आर्थिक गणना—२०७५ अनुसार बाँकेमा १८ हजार ६६६ व्यावसायिक प्रतिष्ठान सञ्चालनमा रहेका छन् । ती व्यावसायिक प्रतिष्ठानमा ४४ हजार ३३३ पुरुष र २० हजार ५४९ महिला गरी कूल ६४ हजार ८८२ जनाले रोजगारी पाएको तथ्यांकमा उल्लेख छ । तथ्यांक कार्यालय बाँकेका प्रमुख पोमनारायण पौडेलले पछिल्लो समय बाँकेमा प्रतिष्ठानहरुको संख्या बढ्दै गएको बताए । बाँकेमा २०७२ देखि २०७५ सम्म ९ हजार २६ ओटा नयाँ प्रतिष्ठान सञ्चालनमा आएको तथ्यांकले देखाएको छ । नेपालगञ्जमा आइतवार सार्वजनिक गरिएको तथ्यांकमा देशैभरी ९ लाख २३ हजार ३५६ व्यावसायिक प्रतिष्ठान रहेको उल्लेख छ । कार्यक्रममा केन्द्रीय तथ्यांक विभागका निर्देशक अनिल शर्माले राष्ट्रिय आर्थिक गणनाले राष्ट्रिय लेखाको गुणस्तरमा सुुधार आउने विश्वास व्यक्त गरे । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)