ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

निजी विद्यालयको नियमन गर्नुपर्छ

Jul 9, 2019  
अन्तरवार्ता
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar (अस)
एसईई परीक्षाको नतीजा सार्वजनिक भएको २ साता हुन लागिसकेको छ । यसबीच विद्यार्थीहरू धमाधम ११ कक्षा अध्ययनका लागि कलेज छान्न व्यस्त छन् । यसमा अधिकांश विद्यार्थीको रोजाइमा निजी विद्यालय परेको पाइएको छ । प्रस्तुत छ, निजी विद्यालयको अवस्था, शैक्षिक गुणस्तर सुधारका उपाय, विद्यालय छनोटका आधारलगायत विषयमा शिक्षाविद् डा. विद्यानाथ कोइरालासँग आर्थिक अभियानकी ममता थापाले गरेको कुराकानीको सार : कक्षा १० सम्म सरकारी विद्यालयमा पढेका अधिकांश विद्यार्थीले कक्षा ११ मा निजी विद्यालय रोजेको पाइन्छ, कारण के होला ? यसमा मुख्य कारण पैसा नै हो । निजी विद्यालयले धेरै शुल्क लिन्छन् । त्यसैले उनीहरूले शिक्षालाई गम्भीर रूपमा लिएका छन् । सरकारी विद्यालयले कम शुल्क लिन्छन् र उनीहरूको जिम्मेवारी पनि कम हुन्छ । निजी कलेजमा पढेका विद्यार्थीको नतीजा तुलनात्मक रूपमा राम्रो आउँछ । त्यसैले सरकारी विद्यालयमा उनीहरूको आकर्षण कम छ । यसमा अर्को कारण पनि छ । १२ कक्षासम्म शिक्षा निःशुल्क हुनुपर्नेमा भइरहेको छैन । यो अवस्थामा विद्यार्थीहरू बाध्य भएर निजी विद्यालयमै जानुपर्ने हुन्छ । यो अवस्था किन आयो त ? ११ र १२ मा कसरी व्यवस्थापन गर्ने भन्नेमा पहिले उच्च माध्यमिक शिक्षा परिषद्ले निर्णय लिने गरेको थियो । पछि परिषद् पनि विस्तारै हरायो र त्यो काम बजारलाई दिइयो । बजार यति आक्रामक भएर आयो कि, उसले पैसा मात्र हेर्‍यो । विद्यार्थीहरू पनि धेरै वर्ष एकै स्कूलमा बस्दा वाक्क भएर शहरमा पढ्न आउने रहेछन् । शिक्षक पनि एकै हुने भएकाले उनीहरू नयाँ ठाउँको अनुभव लिन पनि शहरमा जाने गर्छन् । सरकारी र निजी विद्यालयबीच के कस्तो अन्तर छ ? निजीमा लगन (डेडिकेशन) मात्र हुने रहेछ, सरकारीमा जागीर मात्र हुने रहेछ । निजीमा जिम्मेवारी हुँदो रहेछ । सरकारीमा जिम्मेवारी नहुँदो रहेछ । भएकामा त राम्रै छ । निजीमा शिक्षक छैन भन्नेबित्तिकै कस्तो खालको शिक्षक चाहिन्छ भनेर पहिल्यै व्यवस्था गरिसकेको हुन्छ । शैक्षिक गुणस्तर मापनको आधार केलाई मान्ने ? धेरैले प्राप्तांकलाई सिकाइ गुणस्तरको पहिलो आधार मान्छन् । दोस्रो केही न केही शीप चाहियो । तेस्रो सिक्ने तरीका चहियो । र, चौथो समाजसँग मिल्ने सिकाइको पनि हुनुपर्‍यो । यी चार कुराको संयोजनले नै शिक्षा गुणस्तरीय हुने हो । तर हामीले त्यसलाई राम्ररी अथ्र्याउनै सकेनौं । गुणस्तर कायम गराउन राम्रो मापदण्ड पनि छैन । प्राप्तांक हेर्दा जीपीएमा निजी विद्यालय नै अगाडि छन् । निजीमा ३ दशमलव ६ देखि ४ जीपीए ल्याउने झन्डै १३ हजार विद्यार्थी छन् । यसमा मास र क्लासको कुरा आउँछ । जीपीए राम्रो ल्याउने विद्यार्थी क्लास हो, मास होइन । त्यस्तै जीपीए राम्रो ल्याउन मैले ट्युशन पढाएँ भने त्यो क्लास भयो । तर सरकारीमा पढ्नेले त्यो सुविधा कम पाउने भएकाले जीपीए पनि कम आउँछ । निजी विद्यालयलाई अब्बल बनाउन अझै के गर्न जरुरी छ ? अहिलेसम्म निजी विद्यालयले समानता ल्याउन सकेका छैनन् । तिनलाई अब्बल बनाउन केही निजी विद्यालयलाई मर्ज गराउनुपर्छ । साथै निजी, सरकारी, धार्मिक विद्यालय (गुरुकुल, मदरसालगायत)मा कम्तीमा पढाइको स्तर उस्तै हुने व्यवस्था मिलाउनुपर्छ । यो उपाय अपनाए सबै विद्यालयको शैक्षिक स्तरमा समानता आउन सक्छ । यस्तै विद्यार्थीले आफ्नो क्षमता आफैले जाँच्न मिल्ने कम्प्युटर एप निर्माण गर्न सकिन्छ । निजी र सरकारीबीच साझेदारी गरी निजीलाई नियमन गर्न सकिन्छ । शिक्षकको तलबको अनुपातमा शुल्कको व्यवस्था गर्नुपर्छ । यो गरियो भने तल्लो वर्गका विद्यार्थी पनि निजीमा आउन सक्छन् । निजी विद्यालय बढी व्यवसायमुखी भए भन्ने आरोप पनि छ नि ? मैले बारम्बार शुल्कलाई दुई पाटोमा जोडौं भन्दै आएको छु । त्यसमा एक हो सन्तुष्टि र अर्को लागत । कसैले सन्तुष्टिको आधारमा शुल्क तिर्छ भने त्यो एक समूह भयो र लागतको हिसाबले तिर्ने हो भने त्यो अर्को समूह भयो । अभिभावकको सन्तुष्टि उनीहरूले तिरेको शुल्कअनुसारको सुविधा हो वा विद्यार्थीको क्षमता भन्ने कुरा यसैबाट यकिन हुन्छ । अभिभावकले केमा सन्तुष्टि खोजेका हुन्, त्यस विषयमा उनीहरूसँग विद्यालयले संवाद गर्नुपर्छ । विद्यार्थीले कस्तो विद्यालय र विषय छान्दा राम्रो हुन्छ ? सामान्यतया बुझ्दा विद्यार्थीलाई केका आधारमा जाँच्ने भन्ने विषयमा अन्योल छ । हाम्रा विद्यार्थी ग्रेडेड त भए, तर त्यसपछि के गर्ने भन्नेमा स्पष्ट छैनन् । जीपीए जस्तोसुकै भए पनि क्षमता छ भने उसले रोजेको विषय पढ्न पाउनुपर्छ । विद्यार्थीले पछि गएर विभिन्न विषय पढ्न सक्ने क्षमता राख्न सक्छ भने उसले विज्ञान रोज्दा हुन्छ । उसको रुचि व्यापार व्यवसायमा छ भने व्यवस्थापन पढ्नु राम्रो हुन्छ । नत्र अन्य विषय पढ्दा पनि हुन्छ । पहिलेको जस्तो अब पढाइसँग जागीर जोडिन्छ भन्ने छैन । जागीरअनुसार आफूलाई मिलाउने कि पढाइअनुसारको जागिर खोज्ने भन्ने कुरा हामीले विद्यार्थीलाई सिकाउनुपर्छ । विद्यालयले विद्यार्थीलाई शैक्षिक ज्ञानबाहेक अन्य के के दिन जरुरी छ ? अहिले त शिक्षकले दिएर सक्दैनन् । प्रविधिले गर्दा विद्यार्थीले जुनसुकै विषयवस्तुको ज्ञान आपैm हासिल गर्न सक्ने अवस्था छ । शिक्षकले त विद्यार्थीलाई उनीहरूको झुकाव केमा छ, त्यो सोध्ने हो र त्यसै विषयमा जानकारी खोज्न सिकाउने हो । अभिभावक तथा विद्यार्थीका लागि विद्यालय छनोटको आधार के हुन सक्ला ? यसमा पहिलो आधार आफ्नो (अभिभावकको) आम्दानी हो । दोस्रो, विद्यार्थीले आफ्नो रुचि तथा चाहना पनि हेर्न सक्छन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)