ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पत्रेखोला पुल : डेढ वर्षमा निर्माण सकिनुपर्ने, ५ वर्षमा दुई ओटा पिलर ठडिए, ठेकेदार सम्पर्कबिहीन

Jul 30, 2019  
लुम्बिनी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar उदय बीसी

साउन १४, दाङ । ५ वर्षअघि काम शुरु भएको दाङको घोराही–तुलसीपुर जोडने सडकअन्तर्गत पत्रेखोलामा निर्माणाधीन पक्की पुलको हालसम्ममा दुई ओटा पिलर ठडिएका छन् । डेढ वर्षमा सम्पन्न गर्ने लक्ष्य राखेर काम शुरु गरिएकोमा पछिल्लो एक वर्षदेखि निर्माण कम्पनी सम्पर्क बिहीन छ ।

२०७१ भदौदेखि निर्माणको काम शुरु भए पनि अहिलेसम्म पुलका दुई ओटा पिलर मात्रै निर्माण भएका छन् । ४० मिटर लम्बाई रहेको पुल १८ महिनामा निर्माण सक्ने गरी ठेकेदार कम्पनी शंकरमाली निर्माण सेवासँग डिभिजन सडक कार्यालय घोराहीले सम्झौता गरेको थियो । २०७१ भदौ ११ गते भएको उक्त सम्झौताअनुसार तोकिएको अवधिमा पुल निर्माण नभएपछि ठेकेदार कम्पनीकै माग अनुसार डिभिजन सडक कार्यालयले २०७४ भदौ ९ गतेसम्मका लागि म्याद थपिदियो । तर थपिएको अवधिमा पनि पुलको काम अगाडि बढ्न सकेन ।

समयमा काम नभएपछि सडक कार्यालयले पटक–पटक निर्माण कम्पनीलाई ताकेता समेत गरेको थियो । तर कार्यालयको ताकेतालाई ठेकेदार कम्पनीले बेवास्ता गर्दै आएको छ । ‘हामीले पटक पटक निर्माण कम्पनीलाई तोकता पनि गरेका हौं, तर लापरबाही भएको छ’, सडक डिभिजन कार्यालय दाङका सूचना अधिकारी लिला बहादुर भण्डारीले भने, ‘पाँच वर्षको अवधिमा करीब ४० प्रतिशत मात्रै काम भएको देखिन्छ ।’

निर्माण कम्पनीले पहिलो पटक नाकाबन्दी र पुलको रिभाइज डिजाइनको कारण काममा ढिलाई भएको बताएपनि पछिल्लो एक वर्षमा कम्पनी सम्पर्कबिहीन रहेको कार्यालयले बताएको छ ।

ठेकेदार कम्पनीको लापरबाही देखिएपछि चालू आर्थिक वर्षमा शंकरमालीसँगको सम्झौता तोड्ने सडक कार्यालयले बताएको छ । सम्झौताको १८ महिनाभित्र निर्माणको काम सम्पन्न गर्ने गरी शंकरमालीसँग ४ करोड ३७ लाख रुपैयाँमा सम्झौता भएको थियो ।

धरौटी जफत
यसैबीच पुल निर्माणमा ढिलाइ गरेपछि सडक कार्यालयले शंकरमाली निर्माण सेवालाई ३५ लाख रुपैयाँ हर्जना गरेको छ । कार्यालयले उक्त रकम असुल्नका लागि कम्पनीले धरौटीबापत राखेको ३५ लाख रुपैयाँ जफत गर्ने तयारी गरेको छ ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)