ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बाढीले रौतहटको कृषि क्षेत्रमा ३ अर्ब क्षति

Jul 31, 2019  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar दिपेश पौडेल

रौतहट । असारको अन्तिम र साउनको पहिलो साता अविरल वर्षाका कारण आएको बाढीले रौतहटको कृषि क्षेत्रमा रू. ३ अर्ब २१ करोड बराबरको क्षति भएको कृषि ज्ञान केन्द्र रौतहटले बताएको छ । केन्द्रका अनुसार बाढीले जिल्लाको १६ हजार हेक्टरमा लगाइएको धानबालीमा क्षति पु¥याएको छ । १८० हेक्टरमा लगाइएको धानको ब्याड तथा ३१० हेक्टरमा खेति भएको चैते धानमा बाढिले क्षति गरेको छ । 

बाढी तथा डुबानले धानबालीमा बढी क्षति हुँजा जिल्लामा यस वर्ष खाद्यान अभाव हुने अनुमान गरिएको केन्द्रका प्रमुख रवीन्द्र कुमार श्रीवास्तवले बताए । तरकारी, मकै, फलफूल तथा नर्सरीमा पनि क्षति पुगेको उनले जानकारी दिए । उनका अनुसार ४५ हेक्टर मकै खेती, २ हजार ७ सय तरकारी तथा २२० हेक्टरको फलफूल तथा नर्सरीमा क्षति पुगेको अनुमान गरिएको छ । बाढी तथा डुबानले रू. ५१ करोड ५० लाख बराबरको भैंसी, बाख्रा, माछा, कुखुरा, हाँस लगायतका पशुपन्छीमा क्षति पुगेको अनुमान गरिएको छ । 

स्थानीय तहबाट क्षतिको विवरण संकलन भइरहेकाले क्षतिको अन्तिम विवरण आउन बाँकी छ । रौतहटमा खेतीयोग्य जमीन ६५ हजार ९६९ रहेकोमा ५८ हजार ४४० मा खेती हुने गरेको केन्द्रले जानकारी दिएको छ । गत असार २८ गते बाग्मती तथा लालबकैया नदीमा आएको बाढीका कारण खेतीयोग्य जमीनमा असर परेको छ । नदीको किनारमा रहेको खेत बाढीले बगर बनाएपछि स्थानीय किसान चिन्तित छन् ।
 
लालबकैया नदीमा आएको बाढीले कटहरिया, फतुुवा विजयपुुर, मौलापुर, देवाही गोनाही, बौधीमाई, राजपुर नगरपालिकाका खेतीयोग्य जमीनमा क्षति पुर्‍याएको छ । बाग्मती नदीमा आएको बाढीले गढिमाई, माधवनारायण, गौर नगरपालिकासहित दुर्गा भगवती र यमुनामाई गाउँपालिकाका खेतीयोग्य जमीनमा असर परेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)