ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

घोराही उपमहानगरको एक वर्ष : २२ किलोमिटर नयाँ सडक निर्माण, ९० प्रतिशत बजेट खर्च

Aug 4, 2019  
लुम्बिनी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar उदय बीसी

साउन १९, दाङ । दाङको घोराही उपमहानगरपालिकाले गत आर्थिक वर्ष २०७५/७६ मा कुल बजेटको ९० प्रतिशत बजेट खर्च गरेको छ । गत आवको कुल १ अर्ब ४९ करोड २६ लाख ८३ हजार रुपैयाँ बजेट मध्ये १ अर्ब ३५ करोड ३२ लाख १ हजार ३८५ रुपैयाँ खर्च भएको उपमहानगरपालिकाका सूचना अधिकृत भीमबहादुर चौधरीले जानकारी दिए ।

उनकाअनुसार विकास बजेटतर्फ ५७ करोड ६८ लाख ९८ हजार रुपैयाँ विनियोजन भएकोमा ५० करोड ५६ लाख ८२ हजार रुपैयाँ खर्च भएको छ । त्यसैगरी चालूतर्फ ९१ करोड ५७ लाख ८५ हजार रुपैयाँ विनियोजन गरिएकोमा ८५ करोड २६ लाख ३३ हजार १८२ रुपैयाँ खर्च भएको छ ।

गत आवमा उपमहानगरपालिकाले ११ किलोमीटर सडक कालोपत्रे गर्नुको साथै ४९ किलो मिटर सडक ग्राभेल र २२ किलोमीटर कच्ची सडक निर्माण गरेको छ । त्यस्तै १५० ओटा पक्की कल्भर्ट, १४ ओटा बोरिङ र ४६ स्थानमा ग्याविन जाली लगाएको, ७१ ओटा कुवा तथा ट्यांकी निर्माण, ४० शौचालय, १४ किलोमीटर विद्युत विस्तार, १४ हेक्टरमा वृक्षारोपण, २६ खेलमैदान र ५ ओटा कृत्रिम जलाशय निर्माण गरिएको उपमहानगरपालिकाको वार्षिक प्रगति समिक्षामा उल्लेख छ । त्यस्तै भूकम्प प्रतिरोधी घर ४१७ निर्माण गर्नुका साथै १४७ ओटा घर अभिलेखीकरण गर्ने काम भएको बताइएको छ ।

उपमहानगरपालिकाले गत आवमा विभिन्न शीर्षकमा गरी २१ करोड २४ लाख ९६ हजार १३० रुपैयाँ राजस्व संकलन गरेको छ ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)