ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विराटनगरमा अवरुद्ध टेलिफोन सेवा अझै सुचारु भएन

Aug 7, 2019  
विकास
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशनी भट्टराई

विराटनगर । विराटनगर महानगरपालिकामा सडक नाला निर्माणले अवरुद्ध टेलिफोन सेवा अझै सुचारु हुन सकेको छैन । नगरका अधिकांश स्थानका १६ सय टेलिफोन लाइन ४ महीनादेखि अवरुद्ध छन् । टेलिफोन तथा इन्टरनेट सेवा रोकिँदा देवकोटा चोक, महेन्द्र चोक, मधुमारा क्षेत्र, नेपाल बजार पछाडि, ट्राफिक चोक, बाटारोड, ठाकुरवाडी रोड क्षेत्रका हजारौं उपभोक्ता मर्कामा परेका छन् ।

टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भएकोबारे नेपाल टेलिकमको विराटनगर शाखालाई लिखित जानकारी गराउँदा समेत सुनुवाइ नभएको गुनासो सेवाग्राहीको छ । टेलिकमको विराटनगर शाखाबाट ८ हजार ८५७, रानीबाट ६१५, रोडशेषबाट १ हजार ८८२, टंकीसिनुवारीबाट १ हजार ५८ र तीनपैनीबाट २ हजार ८७९ टेलिफोन लाइन वितरण भएका छन् । त्यसमध्ये हाल विराटनगरको ट्राफिक चोकमा रहेको ४ नम्बर क्याबिनेटका १५०, महेन्द्र चोकका ७० र ७१ नम्बर क्याबिनेटका साढे ३ सय, महेन्द्र चोककै २२ तथा ३४ क्याबिनेटका २ सयभन्दा बढी लाइनका साथै हाटखोलाका २५, २६, ८३, ८५ र ५५ नम्बर क्याबिनेटका करीब साढे ९ सय लाइन अवरुद्ध छन् । 

यता, टेलिकमले भने अवरुद्ध सेवा क्रमशः खुलाउँदै लगिएको बताएको छ । यस्तै टेलिफोन र एडीएसएल इन्टरनेट सेवा अवरुद्ध भएको समयको शुल्क नलिइने नेपाल टेलिकम, विराटनगर शाखाका सहायक प्राविधिक अधिकृत अशोक श्रेष्ठले जानकारी दिएका छन् । 

विराटनगरमा भइरहेको सडक, नाला लगायत विकास निर्माणले सेवा अवरुद्ध हुँदा आफूहरू समेत समस्यामा परेको श्रेष्ठले बताए । यसले टेलिकमबाट वितरित टेलिफोन सेवा लिनेहरू घटेको कार्यालयको भनाइ छ । पहिले पहिले टेलिफोन लिन भीडभाड हुने कार्यालयमा अहिले लाइन रद्द गराउनेहरू बढेको सूचना अधिकारी तथा लेखा अधिकृत पशुपति सुवेदीले बताए । 

सडक तथा ढल निर्माणका क्रममा खन्नुपर्ने स्थानमा टेलिकमका लाइन भूमिगत गरिएको हुन्छ । तर निर्माण कम्पनीले कुनै समन्वय नगरी सडक खनिदिँदा धेरै क्षति भएको सुवेदीको भनाइ छ । विद्युत् प्राधिकरण र खानेपानीले क्षतिपूर्ति लिने शर्तमा मात्रै खन्न दिएको भए पनि टेलिकमले त्यस्तो क्षतिपूर्तिको दाबी नगर्दा मनपरी भएको उनको टिप्पणी छ ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)