ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुदूरपश्चिम प्रदेश : कैलाली र कञ्चनपुरमा अत्यधिक भ्रष्टाचार

Aug 8, 2019  
प्रदेश समाचार लुम्बिनी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar मदन गिरी

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका जिल्लामध्ये कैलाली र कञ्चनपुरमा अत्यधिक भ्रष्टाचार हुने गरेको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय महेन्द्रनगरमा स्थापनाकालदेखि परेका उजुरीमा कैलाली र कञ्चनपुरका मात्रै आधाभन्दा बढी छन् । 

कार्यालय प्रमुख शिवकुमार कार्कीका अनुसार ६ वर्षमा कैलालीका सबैभन्दा बढी १ हजार ४१२ र कञ्चनपुरमा १ हजार १५९ उजुरी आयोगमा दर्ता भएका छन् । डँडेलधुराका ३८२, बैतडीका ५४८, दार्चुलाका २८३, डोटीका ३६९, अछामका २३१, बझाङका २७० र बाजुराका सबैभन्दा कम १३१ उजुरी आयोगमा दर्ता भएको कार्यालय प्रमुख कार्कीको भनाइ छ । 

आयोगको  कार्यालय नजीकै रहेको तथा अधिकांश सरकारी कार्यालय कैलाली र कञ्चनपुरमा रहेकाले भ्रष्टाचारका उजुरी बढी परेको उनको बताए । कार्यालयका अनुसार हालसम्ममा सुदूरपश्चिम प्रदेशमा भ्रष्टाचार भएको आशंकामा ४ हजार ७९९ उजुरी परेका छन् । यसमध्ये ४ हजार १३२ उजुरी फछ्र्योट भइसकेका छन् भने ६६७ उजुरी फछ्र्योट हुन बाँकी रहेको आयोगले जानकारी दिएको छ । त्यस्तै, २१० ओटा भ्रष्टाचारका मुद्दामाथि विस्तृत अनुसन्धान भइरहेको छ भने १५८ मुद्दा विशेष अदालतमा मुद्दा दर्ता गर्सको छ ।

२१ जनाविरुद्ध अदालतमा मुद्दा दायर
कार्यालयले गत आर्थिक वर्ष २०७५/७६ मा २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । गत आवमा सेवाग्राहीबाट घूस लिइरहेको अवस्थामा पक्राउ परेका २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरिएको आयोगको क्षेत्रीय कार्यालयका सूचना अधिकारी तोपबहादुर विष्टले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)