ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दाङमा एक हजार घरेलु उद्योग दर्ता

१ अर्ब ३८ करोड लगानी थपियो

Aug 8, 2019  
प्रदेश समाचार लुम्बिनी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar उदय बीसी

दाङ । दाङमा गत आर्थिक वर्षमा १ हजारभन्दा बढी नयाँ घरेलु उद्योग दर्ता भएका छन् । गत आवमा जिल्लाका विभिन्न स्थानमा विभिन्न प्रकृतिका १ हजार ७२ नयाँ उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय दाङले बताएको छ । 

कार्यालयका अनुसार सबैभन्दा बढी ५३५ ओटा कृषि तथा वनजन्य उद्योग दर्ता भएका छन् । यस प्रकृतिका उद्योगहरूमा पोल्ट्री फार्म, गाईभैंसी फार्म, बाख्रापालन, मौरीपालन, बंगुरपालन, माछापालन र बहुद्देश्यीय सहकारी संस्थाहरू पर्दछन् । त्यसैगरी सेवामूलकमा २२९, उत्पादन मूलकमा १८८, पर्यटनमा ११९ र खनिजमा एउटा उद्योग दर्ता भएको कार्यालयका उद्योग अधिकृत एवम् सूचना अधिकृत वामदेव शर्माले बताए । जिल्लामा उद्योग थपिएसँगै लगानी पनि १ अर्ब ३८ करोड ५२ लाख रुपैयाँ थपिएको छ ।

‘उद्योग दर्ता गरेर मात्रै सञ्चालन गर्नुपर्छ र उद्योग सञ्चालन गर्दा राज्यको तर्फबाट पनि सहयोग हुन्छ भन्ने सचेतना बढेसँगै दर्ता गर्ने क्रम बढेको छ’, शर्माले भने । त्यति मात्रै होइन, पछिल्लो समयमा सरकारले दर्ताविना सञ्चालनमा आएका उद्योगहरूलाई कडाइ गरेपछि उद्योग दर्ताको क्रम बढेको कार्यालयको भनाइ छ । 

गत आवमा १ हजार ७२ उद्योगसँगै दाङमा उद्योगको संख्या ६ हजार ७२६ पुगेको छ भने लगानी झण्डै रू. १४ अर्ब पुगेको छ । गएको आर्थिक वर्षभन्दा चालू आवमा दर्ता क्रम बढेको शर्माले बताए । विगत वर्षहरुमा दैनिक ४/५ ओटा दर्ता हुन आउने गरेकोमा चालू आवको साउनमा दैनिक १० देखि १५ ओटा उद्योगहरू दर्ता भएका छन् । 

३० प्रतिशत उद्योग ऋण लिन दर्ता 
कुल उद्योगमध्ये करीब ३० प्रतिशत बैंकबाट ऋण लिन, संघसंस्था तथा कार्यालयबाट अनुदान पाउन र छोराछोरीलाई विदेश पठाउनका लागि आयस्रोत देखाउन दर्ता भएको कार्यालयले जानकारी दिएको छ । ‘उद्योग दर्ता गर्नु राम्रो पक्ष हो तर यसमा केही विकृति पनि छ,’ शर्माले भने, ‘कार्यालयमा दर्ता भएका करीब ३० प्रतिशत उद्योग स्थलगत अनुगमनमा जाँदा भेटिँदैनन् ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)