ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

माछापालनमा  कृषकको आकर्षण : ८९ करोड ४६ लाख लगानी

Aug 10, 2019  
लुम्बिनी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar उदय बीसी

साउन २५, दाङ । दाङको मत्स्यापालन उद्योगमा करीब साढें ८९ करोड रुपैयाँ लगानी भएको छ । जिल्लाको विभिन्न ठाउँमा ७० ओटा मत्स्य उद्योग दर्ता गरेर व्यवसायीक रुपमा माछापालन गरिएको छ ।

घरेलु तथा साना उद्योग कार्यालय दाङमा गएको आर्थिक वर्ष २०७५/ ७६ सम्म दर्ता भएका मत्स्यपालन उद्योगमा रू.८९ करोड ४६ लाख १ हजार लगानी भएको छ । त्यसमध्ये सबैभन्दा बढी लगानी जिल्लाको बढी सिंचाइ सुविधा भएको क्षेत्र लमही नगरपालिका क्षेत्रमा भएको छ ।

लमही नगरपालिका क्षेत्रभित्र १६ ओटा मत्स्या उद्योगमा रू.२ करोड ७२ लाख २८ हजार लगानी भएको छ । त्यसैगरी, घोराही उपमहानगरपालिका २६ ओटा मत्स्यपालन उद्योगमा रू.२ करोड ६६ लाख ३० हजार, तुलसीपुर उपमहानगरपालिका क्षेत्रभित्रका १४ ओटा मत्स्य उद्योगमा रू.१ करोड ९५ लाख ४३ हजार लगानी भएको घरेलु तथा साना उद्योग कार्यालय दाङका उद्योग अधिकृत वामदेव शर्माले जानकारी दिए । 

त्यस्तै राप्ती गाउँपालिकाका ४ ओटा मत्स्य उद्योगमा रू.६९ लाख र गढवा गाउँपालिकामा १० ओटा मत्स्य उद्योगमा रू.९४ लाख ३० हजार लगानी भएको छ ।मत्स्यपालनका लागि दाङ अत्यन्त सम्भावित जिल्ला भएकाले वर्षेनी यो व्यवसायमा किसानहरुको आकर्षण बढ्दै गएको अधिकृत शर्माले बताए । 

‘दाङको कृषि क्षेत्रमा एउटा राम्रो सम्भावना भनेको व्यवसायिक माछापालन क्षेत्र पनि हो’, उनले भने, ‘यसमा व्यवसायीहरुको आकर्षण बढ्दो छ ।’ गएको आर्थिक वर्षमा मात्रै घरेलु तथा साना उद्योग कार्यालयमा १३ ओटा मत्स्य उद्योग दर्ता भएका थिए । यो व्यवसायमा सरकारले लगानी वढाउन सके केही वर्षभित्र दाङ माछामा आत्मनिर्भर बन्ने शर्माको भनाइ छ ।

 केही वर्ष पहिले देखि  दाङमा सरकारले ‘फिस मिसन’ कार्यक्रम सञ्चालन गरेपनि त्यो त्यति प्रभावकारी बन्न सकेको छैन । माछापालन व्यवसायका लागि आएको सरकारी अनुदान वास्तविक माछापालक व्यवसायी भन्दा पनि पहुँचवालाको हातमा पर्ने गरेकाले सरकारले सञ्चालन गरेको ‘फिस मिसन’ कार्यक्रम प्रभावकारी बन्न नसकेको व्यवसायीहरुको गुनासो छ ।
  
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)