ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

२ महीनामा नेपालगञ्जमा १० हजार ठूला विरुवा रोपिने, गुलमोहर विरुवा रोप्दै संघीय मन्त्रीले गरे अभियानको शुरुआत

Aug 11, 2019  
लुम्बिनी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
बाँकेको नेपालगञ्जमा आइतवार विरुवा रोपेर अभियान शुभारम्भ गर्दै संघीय सरकारका शहरी विकासमन्त्री मोहम्मद ईस्तियाक राई । २ महीना भित्र नेपालगञ्जमा १० हजार विरुवा रोपिने छन् । तस्वीर : भक्तबहादुर शाही/आर्थिक अभियान
author avatar भक्तबहादुर शाही

साउन २६, नेपालगञ्ज । नेपालको सबैभन्दा बढी गर्मी हुने बाँकेको नेपालगञ्जमा १० हजार ठूला विरुवा रोपिने भएका छन् । संघीय सरकारका शहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राईले आइतवार गुलमोहर विरुवा रोपेर अभियानको शुरुआत गरेका हुन् ।

२ महीनाभित्र नै १० हजार विरुवा रोपिने उनले बताए । नेपाल भारत सीमाना नजिक जमुनाहा चोकमा विरुवा रोपेर मन्त्री राईले आफ्नो पूर्वघोषणालाई कार्यान्वयन गरेका हुन् । मन्त्री राईले २ महीनाअघि नेपालगञ्जमा १० हजार विरुवा रोप्ने घोषणा गरेका थिए । ‘नेपालगञ्ज उपमहानगरपालिका र सबै वडा कार्यालयहरुले विरुवाको संरक्षण र हेरचाह गर्ने प्रतिवद्धता जनाएपछि वृक्षारोपण अभियान शुरु गरेका छौं,’ उनले भने, ‘यसमा आम नेपालगञ्जवासी वडा कार्यालयले प्रतिवद्धता कार्यान्वयन गर्न सहयोग गर्नुपर्छ ।’

२ महीनाभित्र उपमहानगरका सबै स्थानमा विरुवा रोपिसक्ने योजना रहेको शहरी विकास मन्त्री राईले बताए । ‘उपमहानगरले हेरचाह गर्ने भएकाले सरंक्षणमा कुनै समस्या हुने छैन । नेपालगञ्जमा विरुवा रोप्ने अभियानमा प्रधानमन्त्री र वनमन्त्रीको पूर्ण सहयोग रहेको र सोही अनुसार प्रधानमन्त्रीबाट निर्देशन भएको छ,’ उनले थपे ।

मन्त्री राइले शहरीकरणका क्रममा हरिया रुख काटिँदै जाँदा गर्मी अत्याधिक बढ्दै गएकोले विरुवा रोप्ने योजना तय गरिएको बताए । अभियानको पहिलो चरणअन्तरगत आइतवार उपमहानगरका विभिन्न स्थानमा करीब २०० विरुवाहरु रोपिएका छन् । नेपालगन्जको वडा नं. १, १२ र १८ मा विरुवाहरु रोपिएको र अभियान निरन्तर सञ्चालन हुने नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमशेर राणाले जानकारी दिए । वृक्षारोपण अभियानलाई उपमहानगरले पूर्ण सहयोग गरिरहेको र विरुवाको संरक्षण गरेर शहरलाई हरियाली बनाउने मेयर डा. राणाले प्रतिवद्धता व्यक्त गरेका छन् ।

देशकै सबैभन्दा धेरै गर्मी हुने शहरका रुपमा रहेको नेपालगञ्जमा हरियो रुख विरुवा नहुँदा गर्मी अत्याधिक हुने गरेको ठहर गर्दै त्यसको एउटा विकल्पका रुपमा शहरमा पहिलो चरणमा १० हजार रुखका विरुवा रोपिन थालिएको हो । विरुवा लगाउँदा ठूलो हुन समय लाग्ने भएकाले ठूला विरुवालाई उच्च प्रविधिको प्रयोग गरेर वृक्षारोपण शुरु गरिएको हो ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)