ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको ईआईए पूरा 

Aug 12, 2019  
प्रदेश समाचार लुम्बिनी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar भक्तबहादुर शाही

नेपालगञ्ज । कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको ईआईए (वातावरणीय प्रभाव मूल्यांकन) पूरा भएको छ । प्रसारण लाइन निर्माण प्रक्रिया अगाडि बढाउन आयोजनाले प्रभावित क्षेत्रको ईआईए सम्पन्न गरेको हो । ईआईए सम्पन्न भएसँगै आयोजनाको अन्य काम अघि बढाउने बाटो खुलेको छ ।

उक्त प्रसारण लाइन बाँके तथा बर्दिया राष्ट्रिय निकुञ्ज भएर सुर्खेत पुग्नेछ । आयोजनाबाट तीन जिल्लाका पाँच नगरपालिका तथा एक गाउँपालिका प्रभावित हुने ईआईए प्रतिवेदनमा उल्लेख छ । बाँकेको कोहलपुर सबस्टेशनबाट प्रारम्भ भई सुर्खेतको प्रसारण लाइन वीरेन्द्रनगरस्थित प्रस्तावित सुर्खेत सबस्टेशनमा गएर टुंगिनेछ । करीब ५१ किलोमिटर लम्बाइ रहने उक्त प्रसारण लाइन डबल सर्किटको हुनेछ । यस्तै एंगल टावर २६ र कुल टावर १४५ ओटा रहने बताइएको छ । तत्कालीन ऊर्जा मन्त्रालयबाट आयोजनाको ईआईए प्रतिवेदन तयार पार्न २०६७ असार २५ गते पहिलोपटक सर्वेक्षण अनुमति प्रदान गरिएको थियो भने दोस्रोपटक ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट २०७५ साउन ४ गते प्रदान गरिएको थियो, जसको अवधि २०७७ साउन ३ सम्म रहेको वन तथा वातावरण मन्त्रालयले बताएको छ ।

लागत रू. १ अर्ब ८० करोड
आयोजनाको अनुमानित लागत रू. १ अर्ब ८० करोड रहेको छ । ईआईए प्रतिवेदनअनुसार प्रसारण लाइनको उचाइ १६० मिटरदेखि १ हजार ११५ मिटरसम्म रहेको छ । प्रसारण लाइनले विशेष गरेर घना बस्ती, मुख्य संरचना तथा वनजंगललाई समेत असर पुर्‍याउने देखिएको छ ।

आयोजना कार्यान्वयन गर्दा कुल ९८ दशमलव ५६ हेक्टर जग्गा टावर, सबस्टेशन तथा क्षेत्राधिकारका लागि आवश्यक ठानिएको छ, जसमध्ये ३ दशमलव ७२ हेक्टर सबस्टेशन र ३ दशमलव ३१ हेक्टर टावरको जग निर्माणका लागि अधिग्रहण गरिनेछ । बाँकी ९१ दशमलव २५ हेक्टर जमीन अस्थायी रूपमा प्रयोग गर्न सकिने उल्लेख छ । 

आयोजना क्षेत्रको स्थलगत सर्वेक्षणअनुसार प्रसारण लाइन मार्गमा बाँके राष्ट्रिय निकुन्ज तथा यसको बफर जोन, बर्दिया राष्ट्रिय निकुञ्ज तथा यसको बफर जोन, सामुदायिक र सरकारी वन पर्छन् । धेरैजसो भू–भाग वन तथा खेतीयोग्य जमीन प्रयोग हुनेछ । प्रसारण लाइनको ७० दशमलव ५५ प्रतिशत वनक्षेत्र, १६ दशमलव १४ खेतीयोग्य जमीन, २ दशमलव २७ प्रतिशत बाँझो जमीन र ११ दशमलव १ प्रतिशत अन्य भागले ओगटेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)