ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

घरेलु तथा साना उद्योग कार्यालय रौतहटको २ करोड ३२ लाख राजस्व संकलन

Aug 12, 2019  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिपेश पौडेल

साउन २७, रौतहट । घरेलु तथा साना उद्योग कार्यालय रौतहटले आर्थिक वर्ष २०७५/७६ मा २ करोड ३२ लाख १९ हजार ६३२ रुपैयाँ राजस्व संकलन गरेको छ । उद्योग दर्ताबाट ८७ लाख ९४ हजार रुपैयाँ, वाणिज्य प्रशासनतर्फ प्राईभेट फर्म (खरीदविक्री)बाट १ करोड ४३ लाख ७५ हजार ३५ रुपैयाँ र धरौटी जफतबाट ५० हजार ५४७ रुपैयाँ संकलन भएको कार्यालयले जानकरी दिएको छ ।

सो अवधिमा ८९२ ओटा साना तथा घरेलु उद्योग दर्ता भएको र वाणिज्य तर्फ १ हजार २२५ ओटा थप भएकोे घरेलु तथा साना उद्योग कार्यालय रौतहटले जानकारी दिएको छ । रौतहटमा करीब ४ हजार घरेलु तथा साना उद्योग रहेकोमा १३८ ओटा खारेज भएको कार्यालयका प्रमुख जयकान्त झाले बताए । घरेलु तथा साना उद्योग कार्यालयले दर्ता, नियमन, लागत तथा खारेजी लगायतका काम गर्ने गरेको उनको भनाइ छ ।

आर्थिक वर्ष २०७५/७६ मा ४९८ जनालाई सीपमूलक तालीम दिने लक्ष्य लिएकोमा ५८० जनालाई दिइएको कार्यालय प्रमुख झाले बताए । यसैगरी उद्यमशीलता विकास तालीम भने १३८ जनालाई दिइएको उनले जानकारी दिए । गौर, कटहरिया, चन्द्रपुर, वृन्दावन, देवाहि गोनाहि, राजदेवी नगरपालिका तथा दुर्गाभगवती गाँउपालिकामा तालीम दिइएको हो । मोबाईल, कम्प्युटर, व्युटिसियन, जेन्स पार्लर लगायतका सीपमूलक तालीम दिईएको थियो । तालीम लिएका करीब ६० प्रतिशतभन्दा बढीले व्यवसाय शुरु गरेको उनको भनाइ छ ।

घरेलु तथा साना उद्योग कार्यालय रौतहटका अनुसार चन्द्रपुर नगरभित्र घरेलु तथा साना उद्योगको संख्या बढी छ । च्याउ उत्पादन गरी विक्री गर्ने चन्द्रपुरका दिलमाया राई, मुना सुवेदी र गौरी साहलाई प्रोत्साहनका लागि कार्यालयले उपकरण दिएको बताएको छ । गत आवमा ६१८ जनालाई कार्यालयले तालीम दिएकोमा अधिकांशले व्यवसाय थालेको र नगरेकाहरुलाई प्रेरित गरेको कार्यालयका प्रमुख झाले जानकारी दिए ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)