ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

व्यावसायिक माछापालनमा आकर्षण बढ्दै

Aug 13, 2019  
प्रदेश समाचार लुम्बिनी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar उदय बीसी

दाङ । दाङमा व्यावसायिक माछापालनमा आकर्षण बढ्दै गएको छ । वर्षेनि माछापालन गर्ने व्यवसायीको संख्या र यस क्षेत्रमा लगानी बढ्दै गएको हो । जिल्लामा गत आर्थिक वर्ष २०७५/७६ सम्ममा कुल ७० ओटा मत्स्यपालन उद्योग दर्ता भएका छन् । 

घरेलु तथा साना उद्योग कार्यालय दाङका अनुसार गत आवसम्ममा दर्ता भएका मत्स्यपालन उद्योगमा रू. ८९ करोड ४६ लाख लगानी भएको छ । त्यसमध्ये सबैभन्दा बढी लगानी जिल्लाको बढी सिँचाइ सुविधा भएको क्षेत्र लमही नगरपालिकामा भएको छ । लमहीमा १६ ओटा मत्स्य उद्योगमा रू. २ करोड ७२ लाख २८ हजार लगानी भएको कार्यालयको तथ्यांक छ ।

त्यसैगरी, घोराही उपमहानगरपालिकाका २६ ओटा मत्स्यपालन उद्योगमा रू. २ करोड ६६ लाख ३० हजार, तुलसीपुर उपमहानगरपालिकाका १४ ओटा मत्स्य उद्योगमा रू. १ करोड ९५ लाख ४३ हजार लगानी भएको कार्यालयका उद्योग अधिकृत वामदेव शर्माले जानकारी दिए । राप्ती गाउँपालिकाका ४ मत्स्य उद्योगमा रू. ६९ लाख र गढवा गाउँपालिकाका १० मस्य उद्योगमा रू. ९४ लाख ३० हजार लगानी भएको छ ।

माछापालनका लागि दाङ सम्भावनायुक्त जिल्ला भएकाले वर्षेनि यो व्यवसायमा किसानहरूको आकर्षण बढ्दै गएको शर्माले बताए । गएको आर्थिक वर्षमा मात्रै घरेलु तथा साना उद्योग कार्यालयमा १३ ओटा मत्स्य उद्योग दर्ता भएका छन् । यो व्यवसायमा सरकारले लगानी बढाउन सके केही वर्षभित्र दाङ माछामा आत्मनिर्भर बन्ने शर्माको भनाइ छ । केही वर्ष पहिले दाङमा सरकारले ‘फिस मिशन’ कार्यक्रम सञ्चालन गरे पनि त्यो त्यति प्रभावकारी बन्न सकेको छैन । 

माछापालन व्यवसायका लागि आएको सरकारी अनुदान वास्तविक माछापालक व्यवसायीभन्दा पनि पहुँचवालाको हातमा पर्ने गरेकाले सरकारले सञ्चालन गरेको ‘फिस मिशन’ कार्यक्रम प्रभावकारी बन्न नसकेको किसानहरूको गुनासो छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)