ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रदेश–५ मा साढे २ लाख सवारीसाधन ट्राफिक कारबाहीमा, पहिलो नम्बरमा ट्रक र दोस्रोमा मोटरसाइकल

Aug 16, 2019  
लुम्बिनी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar भक्तबहादुर शाही

साउन ३१, नेपालगञ्ज । प्रदेश–५ का १२ जिल्लामा करीब साढे २ लाख सवारी साधन कारबाहीमा परेका छन् । प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले आर्थिक वर्ष २०७५/७६ मा ट्राफिक नियम उल्लंघन गर्ने २ लाख ४३ हजार ७५६ ओटा सवारी साधनलाई कारबाही गरेको छ । ती सवारी कारबाहीबाट रू. १८ करोड ७७ लाख ८२ हजार राजस्व संकलन भएको छ ।

प्रहरीको तथ्यांकअनुसार बढी ट्राफिक नियम उल्लंघन गर्नेमा एक नम्बरमा ट्रक र दोस्रो नम्बरमा मोटरसाइकल देखिएका छन् । १ वर्षको अवधिमा प्रदेशमा ९१ हजार ८४६ ओटा ट्रक कारबाहीमा परेका छन् । ट्राफिक नियम उल्लघन गर्ने ती ट्रकबाट जरीवाना बापत रू. ५ करोड ४७ लाख ५० हजार राजस्व संकलन भएको थियो ।

५५ हजार ८४ ओटा मोटरसाइकल प्रहरी कारबाहीमा परेका छन् । ती मोटरसाइकलको कारबाहीबाट रू. ३ करोड ३७ लाख २८ हजार राजस्व संकलन भएको छ । कारबाहीमा परेका २३ हजार ८२९ ओटा बसबाट रू. १ करोड ४० लाख १५ हजार जरीवाना असुल भएको छ ।

३६ हजार ८४५ ओटा जीप/कार/भ्यान कारबाहीमा परेका छन् । जसबाट जरीवाना स्वरुप रू. २ करोड ४७ लाख राजस्व संकलन भएको छ । कारबाहीमा परेका २९ हजार ३३० ओटा ट्याक्टरबाट रू. १ करोड ६९ लाख ६५ हजार जरीवाना असुल गरिएको छ । कारबाहीमा परेका ६ हजार ८२२ ओटा टेम्पोबाट जरीवानाबापत रू. ४२ लाख ९३ हजार राजस्व संकलन भएको छ ।

बाँकेमा मात्रै ३१ हजारलाई कारबाही
बाँकेमा मात्र गत आर्थिक वर्षमा ट्राफिक नियम उल्लंघन गर्ने ३१ हजार ६६७ सवारीसाधनलाई कारबाही गरिएको छ । कारबाहीमा पर्ने सवारी साधनको संख्याले ट्राफिक प्रहरीको सक्रियता देखाएपनि सडक दुर्घटना भने न्यूनिकरण हुन सकेको छैन । अघिल्लो वर्षको तुलनमा गत वर्ष सडक दुर्घटना बढेका छन् । प्रहरीले भने राजस्व असुलीमाभन्दा दुर्घटनामा न्यूनिकरण र ट्राफिक नियमको पालनामा जोड दिइएको बताउने गरेको छ ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)