ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

गाई संरक्षण गर्न बैंक खाता !

Aug 20, 2019  
लुम्बिनी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
नेपालगञ्ज उप-महानगरपालिका क्षेत्रको सडकमा रहेका छाडा पशु चौपायाहरु ।
author avatar भक्तबहादुर शाही

भदौ ३, बाँके ।  तपाईंलाई झट्ट सुन्दा अचम्म लाग्न सक्छ, गाई संरक्षण गर्ने बैंक खाता  भन्दा । तर अचम्म नमान्नुहोस, बाँकेको नेपालगञ्ज उप-हानगरपालिकाले गाई संरक्षणकै लागि अहिले बैंक खाता सञ्चालनमा ल्याएको छ । 

राष्ट्रिय जनावर गाई लगायतका छाडा छोडिएका पशु चौपायाको व्यवस्थापन र संरक्षणका लागि यो अभियान शुरु गरिएको हो । सडक दुर्घटनाको  मुख्य   कारण छाडा चौपाया भएको निश्कर्ष निस्किएपछि गाई संरक्षण  गर्दै घटना न्युनीकरण गर्ने उद्धेष्यले बैंकमा खाता सञ्चालन गरिएको छ । 

नेपालगञ्ज उप–महानगरपालिकाका लेखा अधिकृत लोकेन्द्र रावतले सो प्रयोजनका लागि राष्ट्रिय बाणिज्य बैंक बाँकेमा खाता नम्बर ४१३०००६५९९०१ सञ्चालनमा ल्याइएको जानकारी दिए ।‘गाई संरक्षण अभियानको नाममा उप–महानगरपालिकाले सञ्चालन गरेको खातामा गाई लगायत छाडा छोडिएका पशुको व्यवस्थापन र संरक्षणका लागि सहयोग रकम जम्मा गर्न सकिने छ’ ,उनले भने । 

नेपालगञ्ज उप-महानगरपालिकाको अग्रसरतामा गाई लगायतका छाडा पशुको संरक्षणका लागि नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाको अध्यक्षतामा व्यवस्थापन समिति गठन भएको छ । चुनावमा डाक्टर धवलशम्शेर राणाको चुनाव चिन्ह पनि गाई थियो । समितिको उपाध्यक्षमा डा.विनोद कर्ण, सचिवमा समिरमान श्रेष्ठ, कोषाध्यक्षमा श्याम शाक्य र सदस्यहरुमा वडा नम्बर २१ का अध्यक्ष रञ्जित खाँ, श्रृष्टि गौतम र दीपक लोध छन् ।

नेपालगञ्ज उप–महानगरपालिकाका कर्मचारी पवन कनौजियालाई समितिको सदस्य सचिवमा तोकिएको छ । नेपालगञ्ज उप–महानगरपालिकाका उपप्रमुख उमा थापा मगरको संयोजकत्वमा राजनीतिक दलका प्रतिनिधि सदस्य रहेको अनूगमन समिति रहेको छ ।

समितिका अध्यक्षसमेत रहेका नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा.राणाले गाई लगायत छाडा पशु चौपायाको व्यवस्थापन र संरक्षणका लागि सहयोग गर्न सहयोगीहरुलाई बैंक खातामा रकम जम्मा गरिदिन अनुरोध गरे । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)