ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

म्याग्दीका स्थानीय तहमा लक्ष्यभन्दा बढी राजस्व संकलन

Aug 21, 2019  
विकास
Aarthik Abhiyan 18th Anniversary NA
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । विद्युत् म्याग्दीका स्थानीय अधिकांश तहले गत आव २०७५/७६ मा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेका छन् । जिल्लाका एक नगरपालिकासहित ६ स्थानीय तहले रू. ५ करोड १४ लाख ३५ हजार राजस्व संकलन गरेका छन् ।

स्थानीय तहले करका रूपमा सम्पत्ति कर, घरबहाल कर, घरजग्गा रजिस्ट्रेशन शुल्क, सवारीसाधन कर, सेवाशुल्क दस्तुर, पर्यटन शुल्क, विज्ञापन कर, व्यवसाय कर, भूमिकर (मालपोत), बेरुजू, दण्ड जरीवाना, मनोरञ्जन, गिट्टी बालुवा लगायतबाट उक्त राजस्व संकलन गरेका हुन् । गत आवमा अन्नपूर्ण गाउँपालिकाले १ करोड २५ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । उक्त गाउँपालिकाले ५० लाख रुपैयाँ अनुमानित आय प्रक्षेपण गरेको थियो । नयाँ आयको खोजी र कर नीतिमा कडाइ गरेकाले राजस्व संकलन बढेको प्रमुख प्रशासकीय अधिकृत केदारनाथ शर्माले बताए ।

रघुगंगा गाउँपालिकाले ७६ लाख रुपैयाँ राजस्व संकलन गरेको प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले जानकारी दिए । उनका अनुसार ढुंगा, गिटी, बालुवा विक्रीबाट ६१ लाख र अन्य स्रोतबाट १५ लाख राजस्व संकलन भएको हो । गाउँपालिकाले ३१ लाख राजस्व संकलनको लक्ष्य लिएको थियो ।
जिल्लाको बेनी नगरपालिकाले २ करोड ३ लाख २० हजार रुपैयाँ राजस्व संकलन गरेको सह लेखापाल निर्मला शर्माले जानकारी दिइन् । नगरपालिकाले गत आवमा ३ करोड १३ लाख रुपैयाँ राजस्व संकलन हुने अनुमान गरेको थियो । यो लक्ष्य पूरा नहुनुमा नागरिकमा करप्रतिको गलत बुझाइ र सबैलाई करको दायरामा ल्याउन नसक्नु मुख्य कारण रहेको सहलेखापाल शर्माको बुझाइ छ ।

मंगला गाउँपालकाले गत आवमा ३६ लाख ८० हजार रुपैयाँ राजस्व संकलन गरकोे प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमले जानकारी दिए । उनका अनुसार गत आवमा गाउँपालिकाले राजस्व संकलनको लक्ष्य ३६ लाख ५० हजार राजस्व संकलनको लक्ष्य राखेको थियो । मालिका गाउँपालिकाले गत आवमा ३५ लाख ६५ हजार रुपैयाँ कर संकलन गरेको प्रमुख प्रशासकीय अधिकृत बुद्धिराम उपाध्यायले बताए । पालिकाले सो अवधिमा ३२ लाख ३६ हजार रुपैयाँ राजस्व संकलनको प्रक्षेपण गरेको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)