ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दाङमा दैनिक २५ हजार लिटर दूध खपत, मागभन्दा उत्पादन न्यून

Aug 22, 2019  
लुम्बिनी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar उदय बीसी

भदौ ५, दाङ । दाङ जिल्लामा दैनिक २० देखि २५ हजार लिटर दूध खपत हुने गरेको छ । जिल्लाका घोराही, लमही, तुलसीपुर, गढवा, भालुवाङ, नारायणपुर लगायतका ठूलो बजारहरुमा गरी दैनिक २० देखि २५ हजार लिटर दूध खपत हुने पाइएको छ तर यो माग भन्दा कम रहेको उपभोक्ताहरु बताउँछन् ।

अन्य समयमा केही पुगे जस्तो देखिए पनि चाड पर्वको वेला यहाँका डेरीहरुमा दूध तथा दहीको अभाव हुने   गरेको घोराहीका उपभोक्ता राममणि पौडेल बताउँछन् । ‘अब कृष्णअष्टमी, तीज जस्ता चाड पर्व नजिकै आएका छन् त्यो बेला यहाँका डेरीहरुमा विहानै दूध दही सकिएको हुन्छ’, उनले भने, ‘चाडपर्वको समयमा माग धान्ने पनि दूध दही हुँदैन ।’

जिल्लामा डेरी व्यवसायमा लगानी वर्षेनी बढ्दै गएको छ । घरेलु तथा साना उद्योग कार्यालय दाङको तथ्यांकलाई आधार मान्ने हो भने जिल्लामा ४५ ओटा डेरी दर्ता छन् । यी डेरी उद्योगमा रू. ३ करोड ७७ लाख १४ हजार लगानी भएको छ । अझ पछिल्लो चरणमा दूध तथा दुग्धजन्य पदार्थको माग बढ्दै गएकाले डेरी उद्योग खुल्ने क्रम पढेको डेरी व्यवसायी संघ दाङका सचिव शक्ति पौडेलले बताए । 

उनका अनुसार जिल्लामा चाडपर्वको समयमा दूध तथा दुग्धजन्य सामग्रीको अभाव हुने गरेको छ । चिसो समयमा यहाँकै उत्पादनले धान्न सक्ने तर विशेष गरी चाडपर्वको समयमा वाहिरबाट दूध तथा दुग्धजन्य पदार्थ आयात गर्नुपर्ने वाध्यता छ । जिल्लामा दैनिक करीव २० देखि २५ हजार लिटरसम्म दूध खपत हुने गरेको  छ ।

‘चाडपर्वको समय वाहेक अन्य समयमा जिल्लाकै उत्पादनले धान्छ तर चाडपर्वको समयमा धान्न सक्दैन’, उनले भने, ‘दुध तथा दुग्धजन्य पदार्थको माग सिजन अनुसार थपघट भइरहन्छ ।’चाडपर्वको समयमा यहाँका डेरी व्यावसायीले बाँकेबाट दूध आयात गर्ने गरेका छन् भने बैशाख, जेठमा दुग्धजन्य पदार्थ पनिरसम्म बाँकेबाटै आयात हुन्छ ।

अण्डा तथा मासुजन्य बस्तुमा दाङ आत्मनिर्भर भएपनि दूध तथा दुग्धजन्य पदार्थमा आत्मनिर्भर हुन अझै सकेको छैन । जिल्लामा दूधका लागि व्यावसायिक गाईपालन केही फस्टाउँदै गए पनि व्यावसायिक भैंसीपालन भने सन्तोषजनक रुपमा हुन नसकेको कृषकहरु बताउँछन् ।

बजारमा भैंसीको दूधको मागसमेत वढी भएकाले व्यासायिक भैंसीपालन गर्नु आवश्यक रहेको किसान हर्कबहादुर खत्री बताउँछन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)