ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

१५ जनाविरुद्ध राजस्व चुहावट मुद्दा दायर

Aug 23, 2019  
लुम्बिनी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar भक्तबहादुर शाही

नेपालगञ्ज । राजस्व अनुसन्धान विभागले १५ जनाविरुद्ध राजस्व चुहावट र विदेशी विनिमय अपलचन गरेको आरोपमा बुधवार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । आरोपितहरूमा बाँकेको नेपालगञ्ज भन्सार कार्यालयमा कार्यरत भन्सार अधिकृतद्वय बटुकृष्ण अधिकारी र सुभाषप्रसाद श्रेष्ठ तथा नायब सुब्बाहरू देवीबहादुर थापा र बसन्तकुमार सुवेदी रहेका छन् । 

त्यस्तै, भन्सार एजेन्ट दिनेशकुमार बानियाँविरुद्ध मुद्दा दर्ता गरिएको छ । हिमालय कार्गो तथा बनबोरी माता ट्रेडर्सका  मुख्य कारोबारी विनोदकुमार गुप्तासहित अन्यविरुद्ध विभागले रू. ४५ करोड ५७ लाख ३ हजार ३५७ बिगो माग दाबी गरेको छ । गुप्तासहित हिमालयन कार्गोका प्रोपाइटर मधुकुमारी चौधरी, सञ्चालक रवीन्द्र गुप्ता, बनबोरी माता ट्रेडर्सका खाता सञ्चालक एवम् कारोबारी राहुलकुमार गुप्ता र भीआर इन्टरनेशनलका सञ्चालक वीरेन्द्र गुप्ताविरुद्ध मुद्दा दायर गरिएको छ । 

आरोपितको मिलेमतोमा हिमालयन कार्गोमार्फत नेपालगञ्जबाट भन्सार चोरी पैठारी गरी भन्सार महशुल, भ्याट तथा आयकर राजस्व छली गरेको देखिएको विभागको ठहर छ । रोहित अग्रवाल सञ्चालक रहेको अमरपाली इन्टरनेशनल, रेयाजुल अन्सारी प्रोपाइटर रहेको एनआईसीआई ट्रेडर्स, बृजलाल रावत प्रोपाईटर रहेको पिजी इम्पोर्ट हाउस, शिवराज भट्टराई प्रोपाईटर रहेको मार्को इन्टरनेशनल, रोहित अग्रवाल सञ्चालक रहेको श्याम ट्रेडिङ र ईश्वर दयाल हजार दुशाध प्रोपाइटर रहेको महादेव ट्रेड इन्टरप्राइजेज नामक फर्महरू दर्ता गराएर कारोबार हिमालयन कार्गोमार्फत गरी राजस्व चुहावट गरेको भेटिएको हो ।

विभिन्न फर्ममा सञ्चालक रहेका आरोपितहरूले आपसी मिलेमतोमा हिमालयन कार्गोबाट कारोबारको व्यवस्थापन गर्ने गरी बनबोरीका सञ्चालक गुप्ताको नाममा बैंक खाता खोलेर सामान आयात नै नगरी विदेशी विनिमय अपचलन गरेको  विभागको भनाइ छ । मालवस्तु आयात गर्ने प्रयोजन भन्दै रकम विदेश पठाई सोबापत सामान आयात नगरी रू. २ करोड २४ लाख ९९ हजार बराबर विदेशी मुद्रा नेपाल बाहिर पु¥याइएको विभागको आरोप छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)