ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

स्थानीय तहले विद्युत् आयोजना बनाउँदै

Aug 26, 2019  
लुम्बिनी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रवीर ददेल

रुकुम । रुकुमपूर्वका स्थानीय तहहरूले विद्युत् आयोजना निर्माण गर्ने भएका छन् । पुथाउत्तरगंगा गाउँपालिका र भुमे गाउँपालिकाले आफ्नै पहलमा विद्युत् आयोजना निर्माण गर्ने भएका हुन् । दुवै स्थानीय तहले १÷१ मेगावाट क्षमताको विद्युत् आयोजना निर्माण गर्ने बताएका छन् ।

पुथाउत्तरगंगाले वडा नं. ११ सेरामा आयोजना निर्माण थालेको छ । सो गाउँपालिकाले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाइसकेकाले टेन्डर आह्वान गर्ने तयारी गरेको छ । भुमे गाउँपालिकाले वडा नं. ६ र ८ मा पर्ने थवाङ खोलाको दोमईमा आयोजना निर्माण गर्ने बताएको छ । उक्त गाउँपालिकाले आयोजनाको डीपीआर बनाइरहेको जानकारी दिएको छ । 

जिल्लामा यसभन्दा अघि निर्माण हुन थालेको रुकुमगाँड जलविद्युत् आयोजनापछि यी दोस्रो ठूलो आयोजना हुन् ।  पुथाउत्तरगंगाले एशियाली विकास बैंक (एडीबी) सँगको संयुक्त लगानीमा विद्युत् उत्पादन गर्ने तयारी गरिएको गाउँपालिकाका अध्यक्ष ओमप्रकाश घर्तीले जानकारी दिए । गाउँपालिकाको ५ करोड र एडीबीको २८ करोड गरी रू. ३३ करोड आयोजना निर्माण हुने उनले बताए । 

भुमे गाउँपालिकाले गत आर्थिक वर्षमा लुकुम र थवाङखोलामा पूर्व सम्भाव्यता अध्ययन गरेकोमा थवाङ खोलामा आयोजना निर्माणका लागि डीपीआर तयार हुँदै गरेको गाउँपालिकाका अध्यक्ष रामसुर बुढाले जानकारी दिए । उनका अनुसार लुकुम खोलामा विद्युत् उत्पादनको राम्रो सम्भावना भए पनि त्यहाँ अहिले ४ ओटा विद्युत् आयोजना सञ्चालनमा छन् । अन्य आयोजनालाई असर पर्ने हुनाले थवाङ खोलामा विद्युत् उत्पादनको अन्तिम तयारी गरिएको उनको भनाइ छ । 

 पूर्व सम्भाव्यता अध्ययनमा १० लाख खर्च भएको उनले बताए । आय आर्जन योजनाका लागि गाउँपालिकाले संघ र प्रदेशको राजस्व बाँडफाँट र आन्तरिक राजस्व प्राप्त भएको कुल राजस्वको १० प्रतिशत ऋण लिन पाउने प्रावधान अनुसार ८५ लाख ऋण र गाउँपालिकाको ८९ लाख रुपैयाँ गरी जम्मा १ करोड ७४ लाख रुपैयाँमा काम अगाडि बढाइएको अध्यक्ष बुढाले जानकारी दिए । उत्पादित विद्युत् बढी भएमा अन्य स्थानीय तहमा बेच्ने यी गाउँपालिकाको योजना छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)