ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सीमा क्षेत्रमा भारतीय बाँध विस्तार

Aug 27, 2019  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar दिपेश पौडेल

रौतहट । जिल्लाको इशनाथ नगरपालिकाको औरैयामा पर्ने नेपाल–भारत सिमानामा भारतले बाँध विस्तार थालेको छ । बाँध विस्तार हुन थालेपछि वर्षायाममा बाढीको चपेटामा पर्ने हो कि भनेर स्थानीय चिन्तित भएका छन् । 

भारतीय पक्षले मर्मत भनेर बाँध विस्तार गर्न थालेको स्थानीयको भनाइ छ । यस वर्ष भारतीय बाँधका कारण रौतहट डुबानमा परेको थियो । बाढीले बाँध कमजोर भएकाले मर्मत गरेको भारतीय पक्षले बताए पनि उक्ते बहानामा बाँध विस्तार गरेको इशनाथको वडा नं. २ का अध्यक्ष विगु व्यासले बताए । औरैयामा रहेको जंगे पिलर ३४७ देखि बलुवा हुँदै बन्जरहासम्म गैरकानूनी रूपमा भारतीय पक्षले बाँध विस्तार गरेको उनको भनाइ छ । 

सीमा क्षेत्रमा भारतले १९ सय मिटर लम्बाइ भएको बाँधमा सिमेन्टका बोरामा माटो ढुंगा भर्दै दुवैतिरको पिँधको चौडाइ बढाउने काम गरेको उनले बताए । बाँधको झण्डै २ किलोमिटरको दूरीमा पानी निकास हुने ढोका नरहेको उनले भनाइ छ । उनका अनुसार सीमा क्षेत्रको पिलरसँगै जोडेर भारतीयले निकै अग्लो बाँध बनाएका छन् । भारतले पूर्व पश्चिम सिमानाका क्षेत्रमा निर्माण गरेको सो बाँधले बन्जरहा क्षेत्र वर्षौंदेखि डुबानमा परेको उनको भनाइ छ । 

भारतले बनाएको बाँध नेपाली भूमिमै पर्ने दाबी बन्जरहाका स्थानीयले गरेका छन् । जिल्ला सुरक्षा समितिले भारतले बनाएको बाँधका कारण नै रौतहट डुबानमा पर्ने गरेको निष्कर्ष निकालेको छ । सीमाक्षेत्रमा भारतीय पक्षले बाँध मर्मतको नाममा काम गर्न थालेको सूचना पाएपछि नेपाली पक्षले सो काम रोक्न लगाएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)