ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

रुकुममा जग्गाको मूल्यमा १० प्रतिशत वृद्धि 

Aug 27, 2019  
लुम्बिनी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रवीर ददेल

रुकुम पश्चिम  । रुकुम पश्चिममा आर्थिक वर्ष २०७६/७७ का लागि जग्गाको मूल्यमा १० प्रतिशत बढाउने निर्णय गरिएको छ । घरजग्गा रजिस्टे«शन पारित न्यूनतम मूल्यांकन समितिले साउनदेखि लागू हुने गरी असारमा नै यो निर्णय गरेको हो । 

स्थानीय तहको सिफारिशमा जग्गाको मूल्य बढाइएको जिल्ला मालपोत कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ । जिल्लाका ६ ओटै स्थानीय तहका क्षेत्रभित्र पर्ने जग्गाको मूल्यमा वृद्धि गर्ने निर्णय गरिएको छ । 

समितिले रुकुम पश्चिम क्षेत्रका बजार तथा ग्रामीण क्षेत्रको घर जग्गाको मूल्य निर्धारण गरेको मालपोत कार्यालयका अधिकृत तथा जग्गा रजिस्टे«शन समितिका सदस्यसचिव मोहनप्रकाश गिरीले जानकारी दिए । उनले भने, ‘सबैभन्दा बढी मुसीकोट क्षेत्रभित्रका खर्लगा बजार क्षेत्र, बराहटाकुरा, हेलिप्याड, कालिका मन्दिर मूल बजार क्षेत्रभित्रका ५ सय मिटरभित्रका जग्गाको प्रति ५ सय वर्गमिटरको २० लाख रुपैयाँ कायम गरिएको छ ।’

रुकुम पश्चिमका जग्गाहरूलाई विभिन्न क्षेत्रमा वर्गीकरण तथा विभाजित गरी त्यसको आधारमा मूल्य निर्धारण गरिएको  गिरीले बताए । उनले भने, ‘पश्चिम रुकुमको ६ ओटा स्थानीय तहका बजार क्षेत्रका घडेरी र जग्गाहरू अब्बल, दोयम, सिम र चहारअन्तर्गत पर्ने खेत र पाखो जग्गाको मूल्य निर्धारण गरिएको छ ।’ 

सबैभन्दा कम मूल्य आठबीसकोट नगरपालिकाको स्यालाखदीको छ । स्यालाखदीमा खेत जग्गाको प्रति ५०० वर्गमिटरको ६० हजार रुपैयाँ मात्र रहेको छ । गत वर्षको तुलनामा यस वर्ष ५ हजार रुपैयाँ बढेको छ । त्यस्तै, त्रिवेणी गाउँपालिकाको पेउघा क्षेत्रको जग्गाको मूल्य पनि न्यून रहेको छ । यस क्षेत्रको जग्गाको मूल्य प्रति ५०० वर्गमिटरको रू. २ लाख रुपैयाँ कायम गरिएको छ । 

जग्गाको कारोबार घट्यो 
रुकुम (पश्चिम) को सदरमुकाम मुसीकोटमा जग्गाको कारोबार अत्यन्त न्यून रहेको छ । संघीय सरचना अनुसार गाउँ गाउँमै सेवा सुविधा पुगेपछि मुसीकोटको जग्गा कारोबार घटेको हो । नयाँ संरचना अनुसार रुकुम दुई जिल्ला र ९ ओटा स्थानीय तहमा विभाजित भएसँगै जिल्ला सदरमुकाम मुसीकोट क्षेत्र आसपासमा  जग्गाको कारोबार घटेको छ । 

मुसीकोट नगरपालिका क्षेत्रभित्रका बागबजार, सल्लेबजार, सेरिगाउँ, मठबजार र खंलगा बजार, पिपलनेटा लगायतका क्षेत्रमा जग्गाको कारोबार घटेको स्थानीय व्यापारीले बताएका छन् । जिल्ला मालपोत कार्यालय रुकुमका निमित्त प्रमुख अ ोमप्रकाश खत्रीका अनुसार गत आर्थिक वर्ष २०७५/७६ मा मुसिकोट नगरपालिका क्षेत्रभित्र २८५ घरजग्गा रजिस्टे«शन मध्ये साविकको खलंगा गाविसमा ८१ ओटा मात्र जग्गा कारोबार भएका छन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)