ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

घोराहीमा २० करोडमा ग्यास प्लान्ट बन्दै

Aug 27, 2019  
लुम्बिनी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar उदय बीसी

दाङ । दाङको घोराही उपमहानगरपालिकाभित्र उत्पादन हुने फोहोरमैलाबाट ग्यास उत्पादन गर्ने प्रक्रियाको काम तीव्र गतिमा भइरहेको छ । घोराही–१६ मा रहेको सेनेटरी ल्यान्डफिल्ड साइटको जग्गामा ग्यास प्लान्ट निर्माण थालिएको हो । 

गत मंसिर ५ गते उपमहानगरसँग भएको सम्झौताअनुसार नेपाल ऊर्जा विकास कम्पनी प्रालिले काम अघि बढाएको छ । २० वर्षसम्म ग्यास उत्पादन गर्ने गरी सम्झौता गरेको उक्त कम्पनीले अहिले फोहोरमैलाबाट ग्यास उत्पादन गर्न  आवश्यक पूर्वाधार निर्माणको कामलाई अघि बढाएको कम्पनीका प्रोजेक्ट म्यानेजर हरिशरण श्रेष्ठले बताए । 

सम्झौता अनुसार ६० प्रतिशत निजी कम्पनी र ४० प्रतिशत विश्व विकास बैंकले निर्माण लागत बेहोर्नेछन् । करीब रू. २० करोडको लागतमा निर्माण हुने ग्यास प्लान्टबाट उक्त कम्पनीले ग्यास उत्पादन गरेर विक्री गर्नेछ । उपमहानगरबाट संकलित कुहिने फोहोरबाट दैनिक १ हजार ३ सय किलो ग्यास र ६ टन जैविक मल उत्पादन गरिने भएको छ । 

उत्पादन थालेको ५ वर्षसम्म उपमहानगरपालिकाले फोहोर संकलन तथा ढुवानीमा सहयोग गर्नुपर्ने र २० वर्षपछि उपमहानगरलाई हस्तान्तरण गर्नुपर्ने सम्झौतामा उल्लेख छ । सम्झौता भएको १४ महीनाभित्र ग्यास निकाल्ने लक्ष्यका साथ कम्पनीले काम अगाडि बढाएको छ ।

श्रेष्ठका अनुसार अहिले उक्त क्षेत्रमा ग्यास उत्पादनका लागि प्लान्टको पीसीसी गर्ने काम सम्पन्न भएको छ । ग्यास उत्पादनका लागि एक ठूलो र दुई साना गरी तीनओटा ग्यास प्लान्टका लागि पिसिसी गरिएको छ ।

करीब २ वर्षको लामो गृहकार्यपछि गत मंसिर ५ गते नेपाल उर्जा विकास कम्पनी, घोराही उपमहानगरपालिका र वैकल्पक ऊर्जा प्रवद्र्धन केन्द्रबीच ग्यास उत्पादन गर्ने सम्झौता भएको थियो । सम्झौताअनुसार कम्पनीले काम गरिरहेको उपमहानगरका उपमेयर सीता न्यौपाने सिग्देलले बताएन् । 
नगरपालिकाले पनि ग्यास उत्पादनका लागि फोहोरको प्रकृति छुट्याउने काम गरिरहेको उनको भनाइ छ, जसका लागि उपमहानगरले ल्यान्डफिल्ड साइटमा एउटा ठूलो भवन निर्माण गरिसकेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)