ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एउटै गाउँका ४० परिवार अलैंची खेतीमा

Aug 28, 2019  
लुम्बिनी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रवीर ददेल

रुकुम । रुकुमका किसानहरू कम लगानी, परिश्रम र मेहनतबाट राम्रो आम्दानी हुने भएपछि व्यावसायिक अलैंची खेतीमा लागेका हुन् । त्रिवेणी गाउँपालिका–६ का ४० घरपरिवार करीब ३ वर्षदेखि व्यावसायिक रूपमा अलैंची खेतीमा संलग्न रहेको स्थानीय भीमबहादुर डाँगीले बताए । 

किसानले धान, गहुँ र मकै बाली छोडेर ५० हेक्टर जमीनमा अलैंची खेती गर्दै आएका छन् । खोल्सा र ओसिलो जग्गामा अलैंची खेतीबाट मनग्य आम्दानी हुने भएपछि किसानहरू यसतर्फ आकर्षित भएको व्यवसायी रेशम पुनले जानकारी दिए । एक घर परिवारले अलैंची खेतीबाट वार्षिक २ लाख ५० हजार रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएका छन् । 

‘पहिले धान, गहुँ खेती गर्दा समयमा मल बीउ पाउनै गाह्रो हुन्थ्यो, गरेको खेतीबाट समेत दुःख नै उठ्दैनथ्यो, अहिले भने राम्रै आम्दानी भएको छ,’ किसान पूर्णकला भनिन् । जिल्लाको त्रिवेणी गाउँपालिका, चौरजहारी नगरपालिका र मुसिकोट नगरपालिका किसानहरूले पनि अलैंची खेती गर्दै आएका छन् । जिल्लाको त्रिवेणी गाउँपालिकालाई अलैंची पकेट क्षेत्र घोषणा गरी प्रवद्र्धन गर्ने लक्ष्य रहेको कृषि ज्ञान केन्द्र रुकुमका प्रमुख महेश आचार्यले बताए । यहाँ उत्पादन भएको अलैंची देशका विभिन्न शहरका साथै भारतमा समेत निकासी हुने गरेको छ । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)