ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कृत्रिम जलाशयमा रू. ४ करोड लगानी

Aug 28, 2019  
लुम्बिनी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar उदय बीसी

दाङ । दाङको घोराही उपमहानगरपालिकाले ‘एक वडा, एक जलाशय’ निर्माण अभियान अन्तर्गत कृत्रिम जलाशयमा रू. ४ करोड २५ लाख ३२ हजार लगानी गरेको छ । उपमहानगरपालिकाका ८ वडामा बनाइएका ११ ओटा जलाशयमा उक्त लगानी भएको घोराही उपमहानगरपालिकाका सूचना अधिकृत भीमबहादुर चौधरीले जानकारी दिए । 

उपमहानगरपालिका वडा नं १ र २ मा पर्ने रामपुरको चेपे जलाशयमा सबैभन्दा बढी रू. ९९ लाख ९८ हजार लगानी भएको छ । त्यस्तै वडा नं १७ मा रहेका दुईओटा कृत्रिम जलाशयमा रू. ९६ लाख ३१ हजार, वडा नं १८ का दुई जलाशयमा रू. २६ लाख ८१ हजार लगानी भएको छ ।

त्यसैगरी वडा नं १० मा रहेको डाँडागाउँ जलाशयमा रू. ३५ लाख ४२ हजार, वडा नं १२ को जगखोली जलाशयमा रू. ५४ लाख १७ हजार, वडा नं २ को बलरामपुर जलाशयमा रू. ४ लाख १९ हजार, वडा नं १६ को गंगटे जलाशयमा रू. ४२ लाख ४१ हजार र वडा नं ६ लखवार जलाशयमा २८ लाख २८ हजार लगानी भएको छ । यी जलाशयमा जम्मा भएको पानीबाट स्थानीयले सिँचाइ सुविधा पाएका छन् ।

जलाशयले स्थानीयलाई सिँचाइ सुविधा दिनुका साथै दाङलाई निकट भविष्यमा खानेपानीका स्रोतहरू संरक्षण तथा पर्यावरणका लागि पनि सहयोग गर्ने उपमहानगरपालिकाले बताएको छ । साथै यी तालहरू निकट भविष्यमा यहाँका लागि पर्यटकीय क्षेत्र बन्ने विश्वास पनि उपमहानगरपालिकाको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)