ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नौबस्ताको औद्योगिक क्षेत्रफल घट्यो 

Sep 3, 2019  
लुम्बिनी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar भक्तबहादुर शाही

नेपालगञ्ज । बाँकेको बैजनाथ गाउँपालिका–५, नौवस्तामा प्रस्ताव गरिएको नौबस्ता औद्योगिक क्षेत्रको क्षेत्रफल घट्ने भएको छ । ६१ बिघा जग्गा बस्ती व्यवस्थापन, सशस्त्र प्रहरी र क्षेत्रीय कारागारलाई दिनुपर्ने भएपछि क्षेत्रफल घटेको हो । सरकारले २०७३ सालमा औद्योगिक क्षेत्रको नाममा ३३८ बिघा दर्ता गरेको थियो । 

बस्ती व्यवस्थापनमा ३१ बिघा र सशस्त्र प्रहरीको तालीम केन्द्र र कारागारका लागि ३० बिघा जग्गा दिनुपर्ने भएको हो । औद्योगिक क्षेत्रका लागि प्रस्ताव गरिएको जग्गामा बसोबास गर्ने सर्वसाधारणले जग्गा पाउनुपर्ने भन्दै काममा अवरोध गर्दै आएका थिए । आइतवार प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा नेपालगञ्जमा बसेको सर्वपक्षीय बैठकले उक्त क्षेत्रमा बसोबास गर्ने परिवारलाई जमीन दिने सहमति गर्दै सरकारलाई सिफारिश गर्ने निर्णय गरेको छ ।

कोहलपुरका उद्योगहरू एकमुष्ट रूपमा त्यही औद्योगिक क्षेत्रमा राख्ने योजना छ । ठूला उद्योग स्थापना हुने मात्र नभई सरकारलाई हाल कायम जग्गाकै डिजाइन पेश गरेका कारण जग्गा कम हुन नहुने कानूनी व्यवस्था भएको भन्दै बैठकले छाड्नुपरेको जग्गा सट्टाभर्ना गर्न सरकारलाई सिफारिश गरेको छ । 

बैठकले नौबस्ता औद्योगिक क्षेत्र बनाउने घोषणा गरेको चार किल्लाभित्र उत्तरमा रत्न राजमार्गस्थित पद्मा शाहको घरको पश्चिम करेसाबारीदेखि सिधा पिपलबोटसम्म र पिपलबोटस्थित गाभर कच्ची सडकदेखि खेल मैदानको पूर्वीतर्फको ग्रामीण कच्ची सडक हुँदै तल्लो गाभरचोक पूर्वतर्फको जग्गा बस्ती व्यवस्थापनका लागि छाड्ने सहमति भएको हो ।

बैठकले अरूलाई जग्गा छाड्दा औद्योगिक क्षेत्रका लागि जग्गा न्यून पर्ने भन्दै तल्लो गाभर चोकदेखि दक्षिणतर्फको सरकारी जग्गा प्राप्त गर्न सरोकारवाला निकायमा सिफारिश गर्ने निर्णय गरेको छ । 

बस्ती व्यवस्थापनको सहमति प्राप्त भएपछि बस्ती व्यवस्थापन गर्ने मोडालिटीसहित ३ महीनाभित्र नेपाल सरकार समक्ष पेश गर्ने गरी प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा मालपोत, नापी, बैजनाथ गाउँपालिका लगायत संस्थाका प्रमुख सदस्य रहने कार्यदल गठन गर्ने निर्णय भएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)