ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विकासले पर्यटक भड्काउनु हुन्न

Sep 4, 2019  
विकास
Aarthik Abhiyan 18th Anniversary Image Not Found
उपल्लो मुस्ताङमा निर्मित सडकभन्दा टाढाबाट पदमार्ग खोलिनुपर्ने धारणा राख्दै विदेशी पर्यटक
author avatar दुर्गा लामिछाने

काठमाडौं । गएका ६ महीना (जनवरी–जुन २०१९)मा कुल ५ लाख ८५ हजार ५ सय ३१ पर्यटक नेपाल भित्रिएका छन् । अघिल्लो वर्षको यही अवधिको तुलनामा यो वर्षको पर्यटक आगमन १३ प्रतिशतभन्दा बढी हो । अघिल्लो वर्षको यही अवधिमा कुल ५ लाख २० हजार १४ जना पर्यटकले भ्रमण गरेका थिए ।

गतवर्ष सन् २०१८ मा कुल ११ लाख ७३ हजार ७२ जनाले विभिन्न उद्देश्यसहित नेपाल भ्रमण गरेका छन् । त्यसमध्ये पनि १ लाख ६९ हजार १ सय ८० जनाले पदयात्रा तथा पर्वतारोहण (ट्रेकिङ एन्ड माउन्टेनेरिङ) गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको तथ्यांक छ ।

सबैभन्दा बढी खर्च गरेर नेपाल भ्रमण गर्नेमा यही वर्गका पर्यटक पर्दछन् । साहसिक यात्रा गर्ने उनीहरू प्राकृतिक परिवेशमा जोखिमयुक्त पैदल यात्रा गर्न रुचाउँछन् । विकासका पूर्वाधारका रूपमा निर्माण हुने सडक र त्यसमा गुड्ने सवारीसाधन यस वर्गका पर्यटकलाई निरुत्साहित गर्ने पक्ष हुन् ।

नेपालमा उनीहरूको रोजाइमा सगरमाथा, अन्नपूर्ण हिमाल, उपल्लो मुस्ताङ, मनाङ, डोल्पा जस्ता क्षेत्र पर्ने गर्दछन् । दिनभर कोशौंको निर्जन क्षेत्र पार गर्दै गन्तव्यमा पुग्न दैनिक सयौं अमेरिकी डलर तिर्न उनीहरू तयार हुन्छन् । तर उनीहरूले हिँड्ने पदमार्गमा सडक तथा सवारीसाधनका गतिविधि नहुन् भन्ने उनीहरू चाहन्छन् । आफ्ना देशका सडक तथा सवारीमा बिताइने दिनचर्याभन्दा फरक अनुभव लिन आपूmहरू यस्ता ठाउँ खोज्दै आएको उनीहरूको प्रतिक्रिया रहने गरेको छ ।

सरकारले आफ्नो रणनीतिक महŒवका साथ बेनी–जोमसोम हुँदै उपल्लो मुस्ताङ पार गरी चीनको कोरला जोड्ने सडक हाल निर्माणाधीन छ । ग्राभेलिङ मात्रै गर्ने योजना रहेको जोमसोम–कोरला (११० किमी) हुँदै पैदल यात्रुले धेरै ठाउँमा मोटर बाटो र त्यसकै आसपास हुँदै हिँड्नुपर्ने बाध्यता छ ।

तर यही बाध्यतालाई सामना गर्ने उपल्लो मुस्ताङको पदयात्रामा निस्किने विदेशी पर्यटक भने पदमार्ग हुँदै निर्मित सडकदेखि सन्तुष्ट छैनन् । त्यसमाथि बिहान करीब ११ बजेबाट जोड जोडले चल्ने हावाका कारण निर्माणाधीन सडक तथा त्यहाँ गुड्ने गाडीले उडाउने कुइरिमण्डल धूलोले उनीहरू झनै बढी आजित छन् । यस्ता पर्यटकहरू जतिसक्दो चाँडो सडकभन्दा परबाट पदयात्राका लागि वैकल्पिक मार्ग खोल्नुपर्ने प्रतिक्रिया दिन्छन् ।

लमजुङ–मनाङ पदमार्गमा पर्ने गरी बनाइएका सडकले उक्त क्षेत्र घुम्न जाने पर्यटकको पनि उही प्रतिक्रिया आउने गरेको छ । मुस्ताङ र मनाङ मात्रै होइन, पुराना पदमार्गमा जहाँ–जहाँ सडक विस्तारको क्रम चलेको छ, ती ठाउँ पुग्ने सबैजसो विदेशी पर्यटकको एकै खालको आग्रह छ, पदमार्ग नमास ।

आन्तरिक पर्यटक बढे
विदेशी पर्यटकले गुनासो गरिरहेका सडक तथा त्यहाँ गुड्ने सवारीसाधन नै उक्त क्षेत्रमा ठूलो संख्यामा आन्तरिक पर्यटक पु¥याउने माध्यम बनेका छन् । बेनी–जोमसोम–कोरला सडकको ट्र्याक खुलेसँगै नेपालीहरू कार, मोटरसाइकलका साथै स्थानीय रूपमा चल्ने सवारीसाधनबाट उपल्लो मुस्ताङको लोमान्थाङसम्म पुग्न थालेका छन् । तिलिचो पुग्न चाहने नेपालीलाई लमजुङ–मनाङ सडकले पैदल दूरी निकै घटाइदिएको छ । यसले नेपालीलाई देश दर्शनको अवसर मिलेको छ भने देशलाई आन्तरिक पर्यटनको लाभ ।

विदेशी पर्यटकको खर्च ५०% बढी
नेपालीलाई ३०० रुपैयाँमा शाकाहारी खाना खुवाउने उपल्लो मुस्ताङका होटलहरूमा विदेशी पर्यटकका लागि त्यही खाना मूल्य ४५० रुपैयाँ रहेको छ । यस्तै फरक अन्य खानाका साथै कोठाको शुल्कमा पनि छ । नेपाली पर्यटकका तुलनामा विदेशी पर्यटकले महँगा चिनोहरू लैजाने लोमान्थाङका व्यवसायी रामबहादुर गुरुङले बताए । ‘नेपाली पर्यटकले खासगरी चिनियाँ सामान किनेर लैजान्छन्,’ उनले भने, ‘विदेशीले महँगा नेपाली चिनोहरू लैजान्छन् ।’ खाने, बस्ने तथा खरीद गर्ने समेत गरी समग्रमा आन्तरिक पर्यटकले भन्दा विदेशी पर्यटकले ५० प्रतिशत बढी खर्च गर्ने उनको भनाइ छ ।

केही गुमाउनु नपरोस्
पूर्वाधारको अभावले विकासमा पछाडि परेको हाम्रो जस्तो देशले सडक तथा यातायात पूर्वाधार विकास गर्नु पहिलो आवश्यकता हो । यसबाट देशको अर्थतन्त्रमा दूरदराजका बासिन्दा र त्यहाँका उत्पादन तथा सम्पदाले स्थान पाउँछन् । साथै पूर्वाधारकै कारण बढ्ने आन्तरिक पर्यटनले राज्य र नागरिक दुवैलाई लाभ पुर्‍याउँछ ।
साथै बाह्य पर्यटनले विदेशी मुद्रा आर्जनमा देशलाई ठूलो योगदान पु¥याउने हुँदा यसलाई पनि जोगाउनु तथा बढाउनु उत्तिकै आवश्यक छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)