ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

रूपैडियाबाट कोहलपुरसम्म रेलमार्गका लागि डीपीआर तयार

Sep 5, 2019  
लुम्बिनी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar भक्तबहादुर शाही

नेपालगञ्ज । भारतको रुपैडियाबाट बाँकेको कोहलपुरसम्म रेलमार्ग निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ । १८ किलोमिटर उक्त रेलमार्गको डीपीआर भारतले तयार पारी नेपालको रेल विभागलाई पेश गरेको छ । 

भारतको तर्फबाट गोरखपुर र गोण्डाका प्राविधिक टोलीले सर्वे गरेका हुन् । भारत उत्तर प्रदेशका इन्जिनीयर दिनेशकुमार तिवारी र सन्तोष त्रिपाठीले एक महीना लगाएर नेपालगञ्ज—कोहलपुर रेल सञ्चालनका लागि सर्वे गरेको प्रतिवेदन जिल्ला प्रशासन कार्यालय बाँकेमा समेत बुझाएका छन् । रेल विभागका इन्जिनीयर किरण कार्कीले डीपीआर पेश भएको बताउँदै सरकारले छिटै नै रेलको ‘लिक’ का लागि आवश्यक पर्ने जग्गा अधिग्रहण गर्ने जानकारी दिए । 

जिल्लाको गाउँ छेउबाटै रेल सेवा सञ्चालन गरिए पनि बस्तीभित्र प्रवेश गराइने छैन । ‘लिक’ को रेखांकनको काम सकेर प्राविधिक टोलीले लागत रकम, आवश्यक पर्ने भौतिक संरचना, रेल सेवाले छुने गाउँ तथा बस्तीहरूको पहिचान लगायतका कामहरू शुरू गरिसकेको विभागले जानकारी दिएको छ । नेपालगञ्जको पश्चिम क्षेत्र जयसपुर, इन्द्रपुर, गुरुवा गाउँ, हवलदारपुर, रझेना हुँदै कोहलपुरसम्म रेलमार्ग निर्माण गरिने भएको हो । 

इन्जिनीयर कार्कीले डीपीआर अनुसार पश्चिम तराईका जिल्लामा महेन्द्र राजमार्गबाट दुईदेखि तीन किलोमिटर दक्षिणमा रेलमार्ग बन्नेछ । ‘रेलमार्ग निर्माण हुँदा मानव बस्ती पर्न सक्छ । हामीले सकेसम्म कम मानव बस्ती पर्ने गरी काम अगाडि बढाएका छौं,’ उनले भने । केही मानव बस्ती पर्ने सम्भावना रहेको र त्यसको व्यवस्थापन सरकारले गर्ने उनले बताए । 

सरकारले २० वर्षमा ४ हजार किलोमिटर रेल सञ्जाल निर्माण गर्ने लक्ष्य लिएको छ । ५ वर्षभित्र ७५० किलो मिटर रेल सञ्जाल निर्माण गरिने रेल विभागका अधिकारीले बताए । पूर्व–पश्चिम, काठमाडौं–पोखरा–तराई, काठमाडौं–तराईलगायत प्रस्तावित रेल सञ्जालबाट दक्षिणी सीमासम्म महŒवपूर्ण औद्योगिक, व्यापारिक शहर र प्रादेशिक केन्द्रहरूलाई जोड्ने सरकारको लक्ष्य छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)