ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पर्यटकका नाममा सर्वसाधारण यात्रु बोक्ने सवारीसाधन सञ्चालनमा रोक

Sep 9, 2019  
लुम्बिनी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar भक्तबहादुर शाही

भदौ २३, नेपालगञ्ज । जिल्ला प्रशासन कार्यालय बाँकेले नेपाल—भारतका विभिन्न शहरमा पर्यटकका नाममा यात्रु बोक्ने सवारीसाधन सञ्चालनमा रोक लगाएको छ । सोमवार प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काको अध्यक्षतामा सरोकारवाला निकायबीचको सर्वपक्षीय बैठकले जुन प्रयोजनका लागि अनुमति लिएको हो त्यस बाहेक अन्य प्रयोजनमा सवारीसाधन सञ्चालन गर्न नदिने निर्णय गरेको हो ।

बैठकले नेपाल—भारत मैत्री बस बाहेक अन्य सवारीसाधनका हकमा त्यस्तो निर्णय गरेको हो । भारत जाने र त्यहाँबाट आउने बसले अनुमति अनुसारको काम गरे/नगरेको अनुगमन गर्ने जिम्मेवारी इलाका प्रहरी कार्यालय जमुनाहलाई दिने निर्णय भएको छ । बैठकले पर्यटक लगेर गएका गाडी तिनै पर्यटक ल्याए/नल्याएको पत्ता लगाउन परिचयपत्रसमेत हेर्न सकिने निर्णय गरेको छ । सोमवार भएको निर्णय जानकारीका लागि यातायात विभागमा पठाइने बैठकमा सहभागी होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भिमलाल कंडेलले जानकारी दिए ।

पर्यटकका नाममा यात्रु ओसार्ने गाडीका विरुद्ध होटल व्यवसायी संघले चरणबद्ध आन्दोलन गरेपछि जिल्ला प्रशासन कार्यालयको ध्यानार्कषण भएको थियो । सर्वपक्षीय बैठकमा जिल्ला प्रहरी प्रमुख बिरबहादुर ओली, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य, यातायात व्यवसायी संघका प्रतिनिधि लगायतको उपस्थिति थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)