ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

असारमा पेश भएको बजेट भदौमा पारित

Sep 10, 2019  
लुम्बिनी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar प्रवीर ददेल

रुकुम । रुकुमको त्रिवेणी गाउँपालिकाले निर्धारित समयभन्दा करीब २ महीनापछि बजेट पारित गरेको छ । नियमानुसार चालू आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट असार मसान्तभित्रै पारित गर्नुपर्ने भए पनि गत उक्त गाउँपालिकामा भने गत मंगलवार पारित भएको हो ।

असार १० गते नै गाउँसभामा प्रस्तुत गरेको बजेट बल्ल पारित गरिएकोे गाउँपालिकाका अध्यक्ष झक्कुप्रसाद घर्तीले बताए । गाउँपालिकाको कुल बजेट रू. ४० करोड छ, जसमध्ये केही शीर्षकमा बाँडफाँट गर्न बाँकी रहेको बताइएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम, सामाजिक सुरक्षा, गरीबसँग विश्वेश्वर तथा संघ–प्रदेशको समपूरक र विशेष अनुदान आउन बाँकी रहेको प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र रावलले जानकारी दिए । गाउँसभाले विशेषगरी शिक्षा र स्वास्थ्यको जनशक्ति व्यवस्थापन, शिक्षामा प्रविधि र नगर प्रहरीमा बढी बजेट विनियोजन गरेको छ । बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक एवं उपाध्यक्ष निर्मला विष्ट खड्काले असार १० गते चालू आवका लागि आम्दानी हुने स्रोत तथा शीर्षक समेटिएको बजेट पेश गरेकी थिइन् । यस्तै अध्यक्ष घर्तीमगरले पेश गरेको नीति तथा कार्यक्रम भने सोही दिन सर्वसम्मतिले पारित भएको थियो । यसअघि रुकुम पश्चिमका पाँचओटै स्थानीय तहले बजेट विनियोजित गरिसकेका छन् । जिल्लाका स्थानीय तहले बजेटको मुख्य प्राथमिकता शिक्षालाई दिएका छन् ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)