ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

राहुघाट जलविद्युतको निर्माणमा ढिलाइ

Sep 18, 2019  
विकास
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । म्याग्दीको राहुघाट जलविद्युत् आयोजनाको निर्माणमा ढिलासुस्ती भएको छ । जिल्लाको रघुगंगा गाउँपालिका–३ पिप्लेमा नेपाल विद्युत् प्राधिकरणले बनाउन लागेको ४० मेगावाटको उक्त आयोजनाले गति लिन नसकेको हो । प्राधिकरणले २०६६ सालमा यो आयोजनाको काम शुरू गरेको थियो ।

भारतीय ठेकेदार कम्पनी आईभीआरसीएलले सम्झौता तोडेर गएपछि पुनः २०७४ सालमा जेपी एशोसिएट्सले  ६ अर्ब रुपैयाँमा ठेक्का लिएको थियो । ठेकेदार कम्पनी जेपी एशोसिएटस्ले ६ वर्षभित्र काम सक्ने सम्झौता गरे पनि २० महीना अवधिमा १५ प्रतिशत मात्र भौतिक प्रगति गरेको छ ।

आयोजनाबाट वार्षिक २४ करोड ५ लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित कम्पनीले काम अघि बढाएको थियो । विद्युत् प्राधिकरणले सहायक कम्पनीको रूपमा २०७३ मा  आयोजनाको ठेकेदारले पर्याप्त मात्रामा उपकरण, निर्माण सामग्री र जनशक्ति परिचालन गर्न नसकेपछि अबको २५ महीनामा बाँकी ८५ प्रतिशत काम सक्न चुनौती देखिएको छ ।

आयोजनाको सुरुङ लगायतको काममा ढिलासुस्ती भएको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादर भण्डारीले बताए । निर्माण कम्पनीले समयमै काम सक्ने नदेखिएको उनको भनाइ छ । आयोजनाको ६ दशमलव २ किलोमिटर सुरुङ र १ किलोमिटर पेनस्टक निर्माण गर्नुपर्छ । ‘तर त्यो सुरुआतको चरणमा छ, कम्पनीले सुरुङ निर्माणमा तीव्रता दिएको छैन,’ भण्डारीले भने ।

पहिलेको ठेकेदार कम्पनी टाट पल्टिएपछि ४ वर्षमा १० प्रतिशत मात्र काम गरेको थियो । नयाँ ठेकेदार कम्पनी पनि आर्थिक संकटमा परेपछि आयोजनामा पुरानै बेथिति दोहोरिने चिन्ता बढेको हो । सुरुङ निर्माणमा ब्लास्टिङ र उपकरण आयातको अनुमति पाउन प्रक्रिया र नीतिगत ढिलासुस्तीका साथै बुक्लको पहिरोले काममा समस्या भएको आयोजनाको प्रवद्र्धक कम्पनी रघुगंगा हाइड्रो लिमिटेडका कर्मचारीले बताएका छन् । 

घुमाउनेतालदेखि बाँधसम्म १० किलोमिटर पहुँचमार्ग निर्माण गरेको कम्पनीले बुक्लस्थित रघुगंगा नदीमाथि बेलिब्रिज निर्माण, ६ दशमलव २ किलोमिटरमध्ये २, ३ र ४ नम्बर अडिटबाट सुरुङ खन्ने काम, सर्च ट्यांक र विद्युतगृह निर्माणमा ढिलासुस्ती गरेको छ । कम्पनीले आयोजना निर्माणका लागि पिप्ले, झीँ र दग्नाममा १० वर्षअघि नै २८२ रोपनी जग्गा अधिग्रहण गरेको थियो । आयोजनामा कामको गति बढाउन जिल्लाका सरोकारवालाले ताकेता गरेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)