ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दशैं–तिहारमा उडान नगर्ने जहाज पर्यटकीय सिजनमा हुम्ला जान नपाउने !

Oct 1, 2019  
लुम्बिनी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar भक्तबहादुर शाही

असोज १४, नेपालगञ्ज । हिन्दु नेपालीहरुको महान पर्व दशैं र तिहारको अवधिमा कर्णाली प्रदेशका हिमाली जिल्ला उडान नगर्ने विमान कम्पनीलाई पर्यटकीय सिजनमा हुम्लाको सिमकोट उडानमा प्रतिबन्ध लगाइने भएको छ । कर्णालीमा हिमाली जिल्लामा उडान गर्दै आएका वायु सेवा कम्पनीलाई नेपालगञ्ज क्षेत्रमा जहाज नराखे आउँदो वर्षको मानसरोवर कैलाशको धार्मिक यात्रा गर्ने पर्यटकीय सिजनमा उडान गर्न नदिने निर्णय गरिएको जिल्ला समन्वय समिति (जिसस) हुम्लाले जानकारी गराएको हो ।

वायु सेवा कम्पनीहरु सेवाभन्दा पनि बढी कमाउ धन्दामा लागेपछि हुम्ला लगायत कर्णालीवासीलाई दशैं–तिहारलगायतका चाडपर्वमा महँगो हवाई भाडा तिरेर पनि यात्रा गर्न नपाउने अवस्था आएपछि यो निर्णय गरिएको जिससको भनाइ छ । पर्यटकीय सिजनमा एउटा एयरलाइन्सले सिमकोट विमानस्थलमा दैनिक कम्तिमा १० ओटासम्म उडान गर्ने गरेका छन् । तर, दशैं–तिहार शुरु भएपछि मुस्किलले एउटा उडान गर्दा जिल्लामा आउने हुम्लावासीलाई सास्ती भएको छ । जिससको निर्णयअनुसार अहिले नेपालगञ्ज वा सुर्खेत क्षेत्रलाई आधार बनाएर एउटा पनि जहाज नराख्ने एयरलाइन्सले २०७७ सालको मानसरोवर कैलाशको पर्यटकीय सिजनमा उडान गर्न पाउने छैनन् ।

अहिले नेपालगञ्जबाट सिमकोटका लागि तारा एयरले मात्र दैनिक उडान गर्दै आएको छ । पर्यटकीय क्षेत्रमा सञ्चालन हुँदै आएका सीता र समिट एयरले आफूखुशी व्यापारिक प्रयोजनलाई महत्व दिँदै काठमाडौं फर्कन थालेका जिससले बताएको छ ।

हालसम्म सडक यातायात नजोडिएको देशकै एकमात्र जिल्लाका रुपमा रहेको हुम्लामा हवाई यातायात सहज बनाएर दशैं–तिहारमा हुम्लीलाई घर आउने वातावरण तयार गर्न सरोकारवाला पक्षलाई जिससको बैठकले आग्रह गरेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)