ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पुष्पलालचोक–गछिया सडक कालोपत्र हुँदै

Oct 2, 2019  
विकास
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशनी भट्टराई

मोरङ । मोरङको बुढीगंगा गाउँपालिकास्थित पुष्पलालचोक–गछिया सडक कालोपत्र हुने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले गत आइतवार उक्त सडकको शिलान्यास गरेका छन् । २३ किलोमिटर ७ सय मिटर लम्बाइको उक्त सडक २ वर्षभित्र कालोपत्र गरिसक्ने बताइएको छ । यसको लागत ५२ करोड २४ लाख ७३ हजार रुपैयाँ रहेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव महेश अर्यालले उक्त सडक स्तरोन्नतिका लागि काठमाडौंको श्री लुम्बिनी–मृत सञ्जीवनी जेभीले ठेक्का पाएको जानकारी दिए । साढे ७ मिटर चौडाइको रहने सो सडकको साढे ५ मिटर चौडाइमा कालोपत्र गरिने उनले बताए । सडकको सब बेसको मोटाइ २० र बेस १५ सेन्टिमिटरको रहने उल्लेख छ । यसैगरी सडकमा पाइप कल्भर्ट ४५ ओटा र स्ल्याब कल्भर्ट १० ओटा निर्माण गर्नुपर्ने ठेक्का सम्झौता भएको छ । 

सडकको जीर्ण अवस्थाले लामो समयदेखि समस्या भोगिरहेका स्थानीयवासी सडक कालोपत्र हुने भएपछि उत्साहित भएका छन् । ‘सडकको दूरवस्थाले आवतजावतमा निकै समस्या भएको थियो,’ स्थानीय विनोद राउतले भने, ‘अब निर्धारित समयमै सडक कालेपत्र गरिनुपर्छ ।’ सडक निर्माण थालिए पनि वर्षौंसम्म अलपत्र पार्ने प्रवृत्ति रहेको भन्दै यो समस्या आउन नदिन सबैले खबरदारी गर्नुपर्नेमा उनले जोड दिए । शिलान्यास कार्यक्रममा बुढीगंगा गाउँपालिकाका प्रमुख बालचन्द माझीले उक्त सडक खण्डको १८ किलोमिटर सडक सोही गाउँपालिकामा पर्ने भएकाले विभिन्न वडाका सर्वसाधारण प्रत्यक्ष लाभान्वित हुने बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)