ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

रुपैडिहामा नेपाली ग्राहकको भीड

नेपालगञ्ज बजार सुनसान

Oct 4, 2019  
लुम्बिनी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar भक्तबहादुर शाही


नेपालगञ्ज । दशैं शुरू भएसँगै भारतीय बजार रूपैडिहामा नेपाली ग्राहकको भीड लाग्न थालेको छ । नेपालगञ्ज, कोहलपुर लगायत बजारको तुलनामा खाद्यान्न, लत्ताकपडा लगायत वस्तु सस्तो पर्ने भएकाले सीमावर्ती क्षेत्रका नेपालीहरू भारतीय बजार पुग्ने गरेका छन् । रुपैडिहामा चामल, तेल, चिनी, दाल, फलफूल, पेयपदार्थ, सौन्दर्य प्रसाधन, घर सजावट र पूजा सामग्री किन्ने उपभोक्ताको चाप बढेको देखिन्छ । 

बाँकेका ग्रामीण क्षेत्रका साथै सुर्खेत, दैलेख, जाजरकोट, दाङ लगायतका उपभोक्ता समेत किनमेलका लागि भारतीय बजार जाने गरेका छन् । दैनिक उपभोग्य सामग्री किनमेलका लागि नेपालीहरू रुपैडिहामा आउने गरेको स्थानीय राम निवासले बताए । भारतसँग सिमाना जोडिएका नेपालका अधिकांश नाकामा ७० प्रतिशत ग्राहक नेपाली नै रहेको उनको ठम्याइ छ ।

दशैंको किनमेलका लागि उपभोक्ताहरू भारतीय बजार जान थालेपछि नेपालगञ्जका व्यापारी भने चिन्तित छन् । भारतको रुपैडिहा बजारमा नेपाली ग्राहकको भीड थेगिनसक्नु हुँदा नेपालगञ्ज बजार सुनसान छ । सीमा जोडिएका बजारमा सामान ल्याउन सहज हुने भएकाले पनि नेपालीहरू भारतीय बजार जाने गरेको कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्रबहादुर अधिकारीले बताए । यहाँका व्यापारीले सामान ल्याउँदा भन्सार तिर्नुपर्ने भएकाले केही प्रतिशत महँगो पर्छ । भारतसँग नेपालको खुला सीमा भएकाले नेपाली व्यापारी मारमा परेको उनले बताए ।

नेपालगञ्ज उद्योग वाणिज्य संघका अनुसार भारतीय बजार रुपैडिहामा नेपाली उपभोक्ताले प्रत्येक दिन करीब ५ करोड रुपैयाँ बराबरको घरायसी सामान खरीद गर्ने गरेका छन् । सरकारी निकायको उदासीनता र व्यापारीले प्रतिस्पर्धात्मक व्यापार गर्न नसक्दा नेपालगञ्जमा नेपाली उपभोक्ताको आकर्षण बढ्न सकेको छैन ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)