ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

स्थानीय सरकारले घटाए बेरुजू

Oct 17, 2019  
लुम्बिनी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar प्रवीर ददेल


रुकुम । जिल्लाका स्थानीय सरकारले गत आर्थिक वर्षमा बेरुजू घटाएका छन् । अघिल्लो आवको तुलतामा गत आवमा झण्डै ७० प्रतिशत कम रकम बेरुजू देखिएको हो । आव २०७४/७५ मा बेरुजू रकम धेरै देखिएको भन्दै स्थानीय सरकारको आलोचना भएको थियो ।

महालेखा परीक्षकको कार्यालयबाट खटिएका परीक्षकद्वारा स्थानीय सरकारलाई दिइएको प्रारम्भिक प्रतिवेदनमा बेरुजू घटेको उल्लेख गरिएको छ । ३५ दिनभित्र बेरुजू असुल उपर गर्नू भन्ने निर्देशनसहितको प्रतिवेदन स्थानीय सरकारलाई दिइएको छ । यहाँका ३ नगरपालिका र ३ गाउँपालिकामा तुलनात्मक रूपमा कम बेरुजू देखिएको हो ।

महालेखाको प्रारम्भिक प्रतिवेदनअनुसार आव २०७४/७५ को तुलनामा गत आवमा सबैभन्दा बढी बेरुजू आठबीसकोट नगरपालिकाले घटाएको छ । २०७४/७५  मा १४ करोड २२ लाख ७४ हजार रुपैयाँ बेरुजू आएको नगरपालिकामा गत आवमा ४ करोड ५२ लाख ७५ हजार रुपैयाँ बेरुजू देखिएको छ । अघिल्लो आवमा ८ करोड २४ लाख ८० हजार बेरुजू आएको त्रिवेणी गाउँपालिकामा गत आवमा १ करोड २५ लाख ५६ हजार रुपैयाँ बेरुजू देखिएको छ ।

अघिल्लो आवमा ६ करोड ७३ लाख ६८ हजार बेरुजू आएको बाँफिकोट गाउँपालिकामा गत आवमा ५८ लाख ७५ हजार रुपैयाँ मात्र बेरुजू देखिएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनअनुसार चौरजहारी, मुसीकोट नगरपालिका र सानीभेरी गाउँपालिकाले आव २०७४/७५ को तुलनामा गत वर्षभन्दा झन्डै ५ करोड बेरुजू रकम घटाएका छन् । त्यसैगरी अघिल्लो वर्ष ९ करोड १२ लाख ६७ हजार बेरुजू आएको मुसीकोटमा गत आवमा ४ करोड ६३ लाख रुपैयाँ बेरुजू निस्किएको छ ।

त्यसैगरी, ७ करोड ५ लाख ३५ हजार बेरुजू आएको सानीभेरी गाउँपालिकामा गत वर्ष २ करोड १६ लाख रुपैयाँ बेरुजू देखिएको हो । ‘यो प्रारम्भिक प्रतिवेदन मात्रै हो,’ कोष तथा लेखा नियन्त्रक ईश्वरीप्रसाद ढकालले भने, ‘यो स्थानीय तहको अन्तिम बेरुजू होइन, यसबीचमा स्थानीय सरकारले प्रारम्भिक प्रतिवेदनमा देखिएको अवस्था सुधार गर्न सक्नेछन् ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)